जनकपुरधाम ११ गते पुस । महोत्तरी जिल्लाका दुई पालिकाका एक हजार दुई सय जना विपन्न समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । इस्लामिक रिलिफ वल्र्डवाइड नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालको आयोजनामा महोत्तरी जिल्लाको बलवा नगरपालिकाको वडा नं. १ र ३ का ६ सय ३ जना तथा लोहारपट्टी नगरपालिका वडा नं. २ र ७ का ५ सय ९७ जना गरी कुल एक हजार २ सय परिवारलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक रामभजन महतोले जानकारी दिनुभयो । बलबा नगरपालिकाका मेयर विजय कुमार महतोको अध्यक्षतामा न्यानो कपडा अन्तरगत ८ हजार ५ सय बराबरका न्यानो कपडा वितरण गरिएको छ । त्यस्तै लोहारपट्टी नगरपालिका वडा नं. २ मा वडाध्यक्ष राम मिलन यादव तथा वडानं. ७ का वडाध्यक्ष गणेश ठाकुरको अध्यक्षतामा सो सामानहरु वितरण गरिएको छ । आइतबार देखि सुरु भएको न्यानो कपडा वितरण कार्यक्रम मंगलबार सम्म हुने कार्यक्रम संयोजक महतोले जानकारी दिनुभयो । विगतमा नै संस्थाले लक्षित वर्ग छनोट गरी ती विपन्न परिवारहरुलाई अहिलेको चिसोको समयमा राहत स्वरुप विभिन्न १२ प्रकारका न्यानो कपडाहरु वितरण गरिएको छ । सो कार्यक्रममा दलित समाज उत्थान समिति नेपालका अध्यक्ष डेजी पाण्डेय, कार्यकारी निर्देशकसुनिल ठाकुर, सल्लाहकार पुनित कुमार चौधरी , कार्यक्रम संयोजक राम भजन महतोले लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसरी संस्थाको आयोजनामा विपन्न समुदायलाई न्यानो कपडा वितरण भईरहेको समयमा पालिकाको विपत व्यवस्थापन कोषबाट पनि अन्य राहतका सामानहरु वितरण गरिने जनप्रतिनिधिहरुले जानकारी दिनुभएको छ ।
महोत्तरीका दुई पालिकाका विपन्न समुदायलाई न्यायो कपडा वितरण
११ पुष २०७९, सोमबार १९:४४0


सम्बन्धित समाचार
५ आश्विन २०७९, बुधबार १२:०५0
राष्ट्रपति भण्डारीले तत्काल राजीनामा दिनुपर्छ : पूर्व राष्ट्रपति यादव
काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामबरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रप
Read More
९ माघ २०७८, आईतवार १३:१९0
एसइई परीक्षा वैशाखमा, कक्षा १२ को जेठमा हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको छ । शनिबार ब
Read More
१९ मंसिर २०७९, सोमबार १२:२७0
कथा कम, एक्सन धेरै ‘एन एक्सन हिरो’
काठमाडौँ । वर्षौंदेखि अभिनेता आयुष्मान खुरानाका बर्जित विषयहरूमा बनेका चलचित्रहरू बक्स अफिसमा सफल भएका छन् तर यसै वर्ष प्रदर्शनमा आएका चलचित्र ‘अनेक’ र ‘डक्टरजी’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन
Read More
Comment here