समाज

महोत्तरीमा गाँजा सहित एक जना पक्राउ

महोत्तरी ।  लागूऔषध गाँजा सहित महोत्तरीमा एक जना पक्राउ परेका छन्  ।४ केजी ५ सय ग्राम गाँजा र सुकिनसकेको ६० वटा गाँजाका बोटसहित जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर५ बस्ने नवल किशोर मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बुधवार बेलुका मण्डलकै घरबाट उक्त गाँजा फेला पारेर उनलाई तत्काल पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए ।मण्डललाई प्रहरीले जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ ।साभार : नेपाल प्रेस

Comment here