



जनकपुरधाम चैत्र १६ गते । महोत्तरी प्रहरीले दाँतका नक्कली डाक्टरलाई चैत्र १० गते बर्दिबासबाट पक्राउग गरेका छन् । महोत्तरीको बर्दिबासस्थित कान्तिपुर डेन्टल प्रा.लि. बर्दिबासका सञ्चालक दिलिप भन्ने सञ्जय कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाज सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर बालिष्ट सिंहले बताए। दुई वर्षअघि उनले धनुषा मिथिला नगरपालिका वडा नं. ९ की १९ वर्षीय रानी सिंह महतोको दाँत उखेलेका थिए। डाक्टर हुँ भन्दै उनको दाँत उखेल्दा अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको थियो। घटनापछि फरार रहेका नक्कली डाक्टर दिलिपलाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जि जारी पश्चात पक्राउ गरिएको हो । उनलाई बर्दिबास बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन् । यता, नेपाल डेन्टल एशोसिएसन केन्द्रिय कार्यालय काठमाडौँको तर्फबाट एशोशिएसनको तत्कालिन कोषाध्यक्ष डा. अजय कुमार साहले २०७७ बैसाख ८ गते नै इलाका प्रहरी कार्यालय बर्दिबासमा जाहेरी दिएका थिए ।२०७६ साल चैत्र १० गते धनुषाको मिथिला नगरपालिका ९ बेँगाडाबर १९ वर्षीय रानी कुमारी महतोले कान्तिपुर प्रा.लि. दाँतको उपचार गराउन गएको बेला दिलिपले उनको दुईवटा दाँत फुकाले पछिबढी रक्तश्राब भएर उनको मृत्यु भएको थियो ।प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएपछि एशोसिएसनले दिलिप दन्त चिकित्सक नै नभएको र नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकले मात्र दाँचको उपचार गर्न पाउने भएकाले दिलिपलाई पक्राउ गर्न डा. अजयकुमार शाहले तत्कालै जाहेरी दर्ता गराएका थिए । दिलिपलाई पक्राउ गरी कारबाही गर्न माग आफुले दुई वर्ष पहिला नै गरेको बताउदै डा. शाहले काउन्सिलबाट मान्यता प्राप्त दन्त चिकित्क संग मात्रदाँतको उपचार गराउन विरामीहरुलाई आग्रह समेत गर्नुभएको छ । जनकपुरधाममा पनि विदा दर्ता र मापदन्ड बिनाको केहि दाँत उपचार गर्ने क्लिनक संचालनमा रहेका छन् । तर, प्रशासन र जनकपुरधाम उपमहानगरपालिकाको अनुगमनको आभावमा दैनिकरुपमा विरामीहरु ती मापदण्ड विपरितका किल्नकमा उपचार गराई ठगिएका छन् ।






Comment here