समाज

माण्डवीले दिए महिला जनप्रतिनिधीलाई निर्वाचन लक्षित तालिम

जनकपुरधाम २९ गते फागुन । स्थानीय तहको निर्वाचन नजिक आईरहेको बेलामा माण्डवी नामक गैर सरकारी संस्थाको आयोजनामा धनुषा र महोत्तरीका एक एक गाउँपालिकाका महिला जनप्रतिनिधीहरुलाई प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित चार दिने बुट क्याम्प प्रशिक्षण दिइएको छ । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ तथा महोत्तरीको पिपरा गाँपालिकाका निर्वाचित महिला जनप्रतिनिधीहरुलाई जलेश्वरमा प्रदान गरेको चार दिने सो प्रशिक्षणमा अबको चुनावमा कसरी मतदाता संग मतलिने र समाज रुपान्तरणमा जनप्रतिनिधीको रुपमा कसरी काम गर्ने बारेमा प्रशिक्षण दिइएको छ । माण्डवीको शी लिड्स नेपाल महिला नेतृत्व कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधीहरुलाई आफुहरुले गरेको काम तथा अगामी योजना सहित जनतामा जान प्रशिक्षक अरविन्द यादव तथा किरण चौधरीले महिला वडा सदस्यहरुलाई स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण(बुट क्याम्प) अन्तरगतस्थानीय तह निर्वाचनको परिचय, सरोकार बलाको सहयोग परिचालन, अभियान संदेशको परिचय, हिड्दा हिड्दै दिने एक मिनेटको सन्देश, निर्वाचन अभियानका लागि कोष संकलन, अभियान योजना र रणनीतिहरुको निर्माण र आदान प्रदान,चुनौती र समाधान, निर्वाचनमा हुने लैँगिकतामा आधारित दुव्र्यवहारको प्रतिकार अभियान योजना निर्माण लगायतका विषयमा महिला वडा सदस्यहरुलाई प्रशिक्षित गरेको माण्डवीको अनुगमन तथा मुल्यांकन अधिकृत प्रियंका ठाकुरले जानकारी दिनुभयोे । महिला जनप्रतिनिधीहरुलाई अगामी चुनावको पुर्व तयारी स्वारुप दिइएको सो प्रशिक्षणको समापन सत्रमा प्रमुख अतिथीको रुपमा बोल्दै मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका उपाध्यक्ष मिरा महतोले चार दिने प्रशिक्षणमा महिला जनप्रतिनिधीहरुलाई दिएको तालिमले उनिहरुको हौसला बढेको बताउनु भयो । महिला जनप्रतिनिधीले चुनावको तयारी कसरी गर्ने विषयमा प्राविधिक ज्ञान दिने माण्डवीलाई धन्यवाद दिनुभयो । विगतमा अधिकांश महिला सदस्यहरुलाई केहि जानकारी नगराई मात्र हस्ताक्षण गराउने गरेकोमा अब ती महिला जनप्रतिनिधीहरुले कुरा बुझ्न थाले पनि फेरी नयाँ अनुहारलाई टिकट दिदा बेथिती कायम नै रहने भएकाले जितेका महिला जनप्रतिनिधीहरुले आफुले टिकट लिन प्रयास गरी फेरी निर्वाचनको तयारी थाल्नु पर्ने बताउनु भयो । माण्डवीका धनुषा महोत्तरी शाखाका कार्यक्रम अधिकृत अमित कुमार यादवको अध्यक्षतामा भएको चार दिने प्रशिक्षण कार्यक्रमको समापन सत्रमा सहभागी महिला जनप्रतिनिधीहरुले आफुहरुले पाएको प्रशिक्षणले अगामी दिनमा जनता सामु मतमाग्न जादा सजिलो हुने प्रतिक्रिया दिएका थिए ।समापत्र सत्रका अध्यक्ष अमितकुमार यादवले तालिमको सुरुवातमा महिला जनप्रतिनिधीहरुको अपेक्षा संकलन गरी सोहि अुनसार तालिम दिइएको र तालिमपछिको सहभागीहरुको प्रस्तुतीले उहाँहरु जनतामा जात प्रशिक्षित भएको बताउनु भयो ।

Comment here