जनकपुरधाम २४ गते फागुन । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका माण्डवीले राजनीतिमा महिलाको अर्थपुर्ण सहभागीता सम्बन्धी प्रदेश नं. २ का पाँच वटा जिल्लाका विभिन्न पार्टीका प्रतिनिधि संग प्रतिबद्धता लिएका छन् । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गरेको सो अन्तरक्रिया कार्यक्रममा सहभागी भएका राजनीतिक दलका महिला नेतृहरुले पार्टी भित्र अहिले पनि अर्थपुर्ण सहभागिताका लागि संघर्ष गर्दै आएका बताएका छन् । अस्ट्रेलियन एड तथा स्वीस सरकार विकास सहयोग एसडीसीको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा संचालित शी लिड्स नेपाल महिला नेतृत्व कार्यक्रम अन्तरगत संचालित सो परियोजनाको क्रममा धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बारा जिल्लाका महिला तथा पुरुष नेतृत्व संग अन्तरक्रिया गरिएको छ । अन्तरक्रियाको क्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका धनुषा अध्यक्ष तथा साँसद परमेश्वर साह पार्टीको केन्द्रिय कमिटिीमा महिलाकामे संख्या न्युन रहेकाले नेतृत्व बर्गलाई झक्झकाउने सहय आएको बताउनु भयो ।सो कार्यक्रममा नेपाली काँग्रेसका महोत्तरीका नेतृ अनिता शर्माले मपहलाको अधिकार कागज र व्यवहारमा देखिएपनि यसका लागि महिला समेत सजग हुनु पर्ने बताउनु भयो । महिला मात्र उपप्रमुख नभएर दक्ष छभने महिलालाई नगरप्रमुख पनि बनाउनु पर्ने बताउनु भयो । अहिले प्रायः उपप्रमुख रहेका महिलाहरुले आफ्ना अधिकार नबुझेको अवस्था रहेको बताउनु भयो । महिला माथि विस्वास गरेर पार्टीको जिम्मेबारी तहमा ल्याउन उहाँले प्रत्येक पार्टीका नेतृत्व पंक्रीलाई आग्रह गर्नुभयो ।पाँचै जिल्लाका महिला नेतृत्वहरुले महिलाको पार्टी भित्रको अर्थपुर्ण सहभागिताको अवस्थाकोबारेमाजानकारी गराएको माण्डवीका कार्यक्रम संयोजक अमित यादवले जानकारी दिनुभयो ।


Comment here