समाज

माधव नेपाल पक्ष नयाँ पार्टी दर्ता गर्न आयोग जाँदै

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट कारबाही गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ पार्टी दर्ता गर्ने  निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । अध्यक्ष ओलीसँग मिल्ने सम्भावना सकिएको निष्कर्ष निकाल्दै नेपाल पक्ष नयाँ दल दर्ताको अन्तिम तयारीमा जुटेको हो ।मङ्गलबार सरकारले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो हुने गरी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै एमालेको नेपाल  पक्षले समूह नयाँ दल दर्ताको अन्तिम तयारी गरेको छ । 
सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । सोही सिफारिस आजै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्ने तयारी गरेकी छन् ।सो समूहका एक नेताका अनुसार नयाँ पार्टी गठनका लागि वेदुराम भुसाल, विजय पौडेल तथा अधिवक्ता गोविन्द बन्दीको सहयोगमा विधान र साङ्गठानिक संरचनालाई समेत अन्तिम स्वरूप दिइएको छ ।स्रोतका अनुसार नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) र चुनाव चिन्ह किताब वा उदाउँदो सूर्य राख्नेबारे छलफल भइरहेको छ ।यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार नै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको पत्र संसद् सचिवालयमा दर्ता गराइसकेको छ । साभार : कोसी अनलाइन


Comment here