प्रदेश दुईमा मानसिक रोगीको सख्यामा बृद्धि तर तथ्यांक छैन
बटुकनाथ झा
जनकपुरधाम, असार ३० गते |
मानसिक स्वास्थ्य महत्वपुणर् जनस्वास्थ्यको समस्या भएको देखिन्छ। मानसिक रुपमा अस्वस्थ्य हुनेहरुको संख्यामा पहिलाको तुलनामा बृद्धि भईरहेपनि मानसिक रोगीहरुका लागि राज्य पक्षबाट उपचारको खासै व्यवस्था हुननसकेको छ । प्रदेश सरकारले पनि यस्ता मानसिक रोगीहरुको उपचारका लागि खासै काम नगरेको अवस्था छ । प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश नं. २ का प्रमुख विजय झाले प्रदेशमा मानसिक रोगीको संख्या बढ्दो क्रममा रहेको बताउनु भयो । उहाँले मानसिक रोग ठुलो जनस्वास्थ्यको समस्या भएपनि खासै काम नभएको बताउनु हुन्छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले यो सम्बन्धमा केहिपनि नगरेको बताउदैउहाँले गत वर्ष जिल्लाको मिथिला नगरपालिमा बालबालिकाहरुमा हुने मानसिक रोगका सम्बन्धमा स्वास्थ्यकर्मीलाई तालिम दिइएको बताउनु भयो । साथै प्रदेशिक अस्पताल जनकपुरका मेडिकल अफिसरहरुलाई समेत तालिम प्रदान गरिएको बताउनु भयो । चालु आर्थिक वर्षमा समेत मानसिक स्वास्थ्य सम्बन्धी केहिबजेट मात्र रहेकाले खासै काम नभएको झाको भनाई छ । प्रदेश नं. २ मा कोरोना माहामारीको क्रममा विभिन्न कारणले समेत मानसिक रोगीहरुको संख्यामा बृद्धि भईरहेपनि राज्यपक्षले उनिहरुको अवस्थालाई सुधार गर्न खासै काम नगरेको देखिन्छ ।हरेक उमेर समुहमा हुने मानसिक रोग हरेक ४ जनामा एक जनाको दरले बढी रहेको मानसिक रोगीको उपचारका लागि सरकार पक्षको उदासिनताका कारण मानसिक रोगीकोअवस्थामा सुधार नभएको अवस्था छ ।स्थानीय तहमा मानसिक रोगीको उपचारका लागि जनशक्ति उत्पादन गरी बढी रहेको मानसिक रोगीको उपचारमा गर्नुपर्ने देखिन्छ ।प्रदेशिक असपताल जनकपुरधाम जो अहिले मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा परिणत भएको छ त्यहाँ मानसिक स्वास्थ्य सम्बन्धी खासै उपचारको व्यवस्था छैन ।अस्पतालमा एकजना मानसिक रोग विशेषज्ञको दरबन्दी भएपनि मानसिक वार्ड समेत नभएको अवस्था छ । मानसिक स्वास्थ्य सम्बन्धी वार्डमा उपचार गरी इन्डोर रुपमा उपचारगर्न अस्पतालमा उपचारको व्यवस्थाका लापि सम्बन्धीत पक्षले ध्यान दिनुपर्ने झाले बताउनु भयो ।अस्पतालमा शारीरिकरोगको उपचारका लागि आउने धेरै जनामा मानसिक रोगले जड गारिसकेको अवस्थामा सुरु अवस्थामा रोग पतालगाई उपचार गरियो भने मानसिक रोग समेत निको हुने अवस्थामा समुदाय स्तरमा मानसिक रोगका कारण र यसबाट बच्नका लागि उपायहरु अपनायो भने मानसिक रोगीहरुको संख्यामा कमि आउन सक्छ । नेपाल सरकारले स्वास्थ्य सम्न्धी धेरै निती नियम बनाएको अवस्था भएपनि प्रदेश नं. २ मा मानसिक रोगीको संख्यामा बृद्धि भईरहेको पनि उपचारको चरम आभाव देखिएको छ ।मानसिक रोगीको तथ्यांक राज्यको तर्फबाट अहिले सम्म नआएपनि समाजमा मानसिक रोगीको संख्यामा भईरहेको बृद्धिले यो क्षेत्रमा धेरै कामको आवश्यक्ता रहेको पाइएको छ । विगत तीन वर्ष देखि प्रादेशिक अस्पताल जनकपुरधाममा मानसिक रोग विशेषज्ञको रुपमा काम गरिरहनु भएको डा रोविन झाले कोरोनाको आपातकालिन अवस्थामा आफुलाई कोरोना लाग्छ कि भन्ने डरले मानिसमा चिन्ता र डर स्वभाविक भएपनि आफु मानसिक रुपले विचलित नहु आग्रह गर्नुभएको छ । कोरोनाकालमा घरकै बसेर स्वास्थ्यको खयाल गर्ने आवश्यक्ता रहेको बताउनु हुन्छ ।अहिलेको अवस्थामा सामाजिक संजालमा धेरै प्रकारका नाकारात्क कुराहरुले समेत स्थानपाएकाले नाकारात्मक समाचार तथा धेरै समय सम्म सामाजिक सञ्जालमा आवद्धताले समेत मानसिक रोगलाई निम्त्याउने भएकाले यसबाट टाढा बस्नु पर्ने उहाँको भनाई छ ।लागुपदार्थ जस्ता हानिकारण कुलतका कारण मानसिक रोगीहरुको संख्यामा बृद्धि भईरहेकाले यसबाट बच्न अभिभावकले पनि आफ्ना सन्तानको कृयाकलापलाई अवलोकन गरी सुधारणत्मक तरिकाले काम गर्नुपर्ने जानकारहरु बताउछन् । कुलतका कारण मानसिक रोगीको संख्याबढ्दा यसको प्रभाव समाजमा नै पर्ने भएकाले समाजका हरेक व्यक्तिले कुलतमा फसेका युवाहरुलाई सहिबाटो देखाउन प्रयत्न गरे यसले पनि मानसिक रोगीको संख्यामा कमि ल्याउन सकिन्छ । कोरोना कालमा मानसिक रोगीको संख्यामा बृद्धि भएरहेकोले अहिलेको समयमा घरभित्रै रहेको परिवारका सबै सदस्यहरुले एक अर्काको समस्यालाई बुझ्ने तथा समाधान गर्ने प्रयास गरे पारिवारिक सन्तुलनका कारण समेत मानसिक रोगीको संख्यामा भईरहेको बृद्धिलाई न्युन गर्न सकिन्छ ।मनोचिकित्सकहरुको समुहले २०५२ साल असोज ५ गते स्वास्थ्य सेवा विभागका महानिर्देशकको कार्यकक्ष टेकुमा भएको राष्ट्रिय योजना आयोग ् स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुको बैठकबाट मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय निती बनाइएको २७ वर्ष विते पनि मानसिक स्वास्थ्यका क्षेत्रमा खासै काम नभएको देखिएको छ । नीति अनुसार काम भए अहिले मानसिक रोगीको संख्यामा भईरहेको बृद्धिलाई न्युन गर्न सकिन्छ ।
मानसिक स्वास्थ्य सम्बन्धी नीति कार्यान्वयन भएन


Comment here