समाज

मिथिला बिहारीका मेयरको पहिलो निर्णय प्रसुतिका लागि तथा ज्वेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा


जनकपुरधाम १३ गते जेठ । धनुषा जिल्लाको मिथिला विहारी नगरपालिकाका नवनिर्वाचित मेयर राजेन्द्र प्रसाद यादवले शुक्रबार पदभार ग्रहण गर्दै दुई वटा निर्णयमा हस्ताक्षरण गर्नुभएको छ । पालिकामा एक कार्यक्रमका बिच सपथ ग्रहण समारोहमा बोल्दै उहाँले सो नगरपालिकामा बसोबास गर्ने सबै गर्भवती महिलालाई प्रसुति सेवा तथा ज्वेष्ठ नागरिकलाई प्रादेशिक अस्पताल जनकपुरधाम सम्म नगरपालिका निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने बताउनु भयो । मेयर यादवले कृषककै बाहुल्यता रहेको मिथिला विहारी नगरपालिका भित्र कृषि आधुनिकिकरणका लागि कृषकलाई सिँचाईको लागि कृषि मिटर विलमा सत प्रतिसत अनुदान दिने निर्णय हस्ताक्षर गर्नुभयो । नेपाली काँग्रेसका नेता तथा पुर्व साँसद डा. चन्द्रमोहन यादवको प्रमुख आतिथ्यमा भएको सो सथप ग्रहण कार्यक्रममा सो नगरपालिकामा मेयर यादव लगायत उपमेयर, दश वटै वडाका वडाध्यक्ष, वठासदस्यहरुले सपथ ग्रहण गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष दिपक यादव नगरपालिकाका पुर्व मेयर अनिल यादव, नेपाली काँग्रेसका नेता संतोष यादव लगायतका नेताहरुले नयाँ नेतृत्वलाई कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Comment here