समाज

मिथिला संस्कृति समाज नेपालको प्रदेश समिति गठन

जनकपुरधाम । मैथिली संस्मृति ,सभ्यता उजागर गर्ने उद्देश्यले स्थापना भएको मिथिला संस्कृति समाज नेपालको प्रदेश नं.२ समिति मंगलबार गठन गरिएको छ । संस्थाका प्रदेश नं. २ संयोजक रुवी कुमारी झाको संयोजकत्वमा जनकपुरधाममा प्रदेश समिति गठन गरिएको छ । छलफलबाट प्रदेश नं. २ को संयोजकमा दिवाकर झा, उपसंयोजकमा सरोज कुमार यादब,सचिवमा राहुल कुमार झा, सहसचिवमा मनिषकुमार साहकोषाध्यक्षमा आरती मंडल, सदस्यहरुमा प्रियंका चौधरी, राजिव कुमार सिँह,कुमार गौतम झा तथा अमित कुमार मण्डललाई चयन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Comment here