काठमाडौं । ६ वटा विद्यार्थी संगठनले प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा स्ववियु निर्वाचनमा मिलेमतोमा मतदाता नामावलीको थपघट गरेको भन्दै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् ।नेविसंघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अनेरास्ववियु(क्रान्तिकारी), समाजवादी विद्यार्थी युनियन र रा.प.वि संघले संयुक्त रुपमा राजीनामा माग गरेको हो ।फागुन २६ गते राति अनलाइन मार्फत सार्वजनिक गरिएको मतदाता नामावलीलाई व्यापक रुपले हेरफेर गरी प्रकाशन गर्ने कार्यमा क्याम्पस प्रशासन र निर्वाचन समिति संलग्न भएको राजीनामा माग गरेको हो ।‘क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको मिलेमतोमा मतदाता नामावलीको संख्या थपघट गरी मतदाता नामावली प्रकासन गरेको हुँदा उक्त अपराधिक कार्यको घोर भत्सर्ना गर्दै सामुहिक राजीनामाको जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।निस्पक्ष छानवीन गरी, वास्तविक मत मतदाता सूची प्रकाशन नभएसम्म तालाबन्दी कायम रहनेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।साभार : नेपाल प्रेस
मिलेमतोमा मतदाता थपघट गरिएको भन्दै आरआर क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग
२७ फाल्गुन २०७९, शनिबार १३:२८0


सम्बन्धित समाचार
१३ पुष २०७९, बुधबार २०:३२0
जनकपुरका विजय चौधरी अमेरिकाका लागि सद्भाव दूत
जनकपुरधाम १३ गते पुस ।जनकपुरधाम निवासी विजय कुमारी चौधरी अमेरिकाका लागि नेपालको तर्फबाट पर्यटन सद्भावना दूतमा नियुक्त हुनु भएको छ । नेपाल सरकारको मन्त्री स्तरीय निर्णय अनुसार अमेरिका स्थित क्यालिफो
Read More
१५ आश्विन २०७९, शनिबार १२:४३0
मैथिली भाषामा पठन पाठन सहितका माग राखि नगरप्रमुखलाई ज्ञापनपत्र
बटुकनाथ झाजनकपुरधाम, १५ गते असोजमैथिली भाषा संस्कृतिको संरक्षण तथा मातृभाषामा पठन पाठनको माग सहित लामो समय देखि क्रियाशिल रहेका मैथिली साहित्यकार सभा शनिबार विभिन्न भाग सहित जनकपुरधाम उपमहानगरपालिकाक
Read More
३ श्रावण २०७८, आईतवार १६:५०0
जसपा यादव समूहका १९ सांसदले प्रधानमन्त्रीलाई विश्वासकाे मत दिने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) काे बाबुराम भट्टराई– उपेन्द्र यादव समूहका १९ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासकाे मत दिने भएका छन् ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा ब
Read More
Comment here