काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।निर्वाचन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपनि सहमतिमै यादवलाई नेता चयन गरिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । दलको नेताका लागि मुख्यमन्त्री लालबाबु राउतले पनि दाबी गरेका थिए ।दुवै नेताको मनोनयनपछि पुनः बसेको बैठकमा राउतले यादवलाई समर्थन गरेसँगै सर्वसम्मत भएको हो ।बारा १ (२) बाट निर्वाचित यादव निवर्तमान सभामुखसमेत हुन् । उनी ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । तर, पार्टी एकतापछि महन्थ ठाकुर अलग्गिए पनि यादव जसपामै बसेका थिए ।दलका नेता बनेसँगै उनी नै मधेशको मुख्यमन्त्री बन्ने पनि निश्चित भएको छ । सातदलीय गठबन्धनको आलोपालो सहमतिमा पहिलो चरणमा जसपालाई मधेसको नेतृत्व दिने सहमति भइसकेको छ ।मधेस प्रदेशमा जसपाका १६ सांसद छन् ।साभार : नेपाल प्रेस
मुख्यमन्त्रीमा दोहोरिने लालबाबुको प्रयास असफल, जसपा संसदीय दलको नेतामा सरोज सर्वसम्मत
२५ पुष २०७९, सोमबार १५:३२0


सम्बन्धित समाचार
११ आश्विन २०७८, सोमबार १२:२२0
बुद्धको विमान विराटनगरमा अवतरण गर्न सकेन, काठमाडौंमा फोर्स ल्यान्डिङ
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेपछि फोर्स ल्याण्डिङ् गराइएकाे छ । जहाज विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्काइएको हो ।त्रिभुवन विमानस्थलमा हाइ एलर्ट
Read More
९ पुष २०७९, शनिबार १६:५४0
ओलीको दाबी : प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा हुँदैन
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने दाबी गरेका छन्।एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिवार
Read More
२८ मंसिर २०७९, बुधबार १२:२७0
विश्वकप फुटबल : क्राेएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश
काठमाडौं । उपाधि दाबेदार टोली अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइल खेलमा साविक उपबिजेता क्रोएसियालाई ३–० गाेल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवे
Read More
Comment here