जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवलाई अस्पतालको निर्देशकबाट हटाउन निर्देशन दिनुभएको छ ।मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको ल्याबमा एउटै व्यक्तिको ब्लड ग्रुप फरक फरक दिएको र अस्पतालको सेवाको अवस्थाको विषयमा छड्के अनुगमन गर्दा अस्पतालका निर्देशक सहितका धेरै चिकित्सकहरू अनुपस्थित रहेको पाइएपछि निर्देशकमाथि कारबाही गर्न प्रतिष्ठानका सहकुलपति समेत रहनुभएका सामाजिक विकासमन्त्री सुरिता कुमारी साहलाई निर्देशन दिनुभएको हो । उहाँले ल्याबका प्रमुख परमेश्वर यादवलाई गलत रिपोर्ट बनाउने कर्मचारीमाथि पनि कारबाही गर्न निर्देशन दिनुभयो ।मुख्यमन्त्री यादवले उपराष्ट्रपतिको चुनावका कारणले निर्वाचन आचार संहिता लागेको बताउँदै आचार संहिता हटेपछि अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन गर्न प्रतिष्ठानका सह–कुलपति एवं सामाजिक विकास मन्त्रीलाई निर्देशन दिनुभयो ।प्रादेशिक अस्पतालको प्रयोगशालाको परीक्षणको शुल्क नीजि अस्पताल जस्तै भए पनि सेवा विश्वसनीय र भरपर्दो नभएको गुनासो सर्वसाधारणबाट हुन थालेको छ ।अस्पतालले मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही तथा बागमती प्रदेशका सिन्धुली र कोशी प्रदेशका उदयपुरसम्मका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।साभार : रेडियो नेपाल अनलाइन
मुख्यमन्त्री यादवद्वारा प्रादेशिक अस्पतालका निर्देशक हटाउन निर्देशन
३० फाल्गुन २०७९, मंगलवार १७:३५0


सम्बन्धित समाचार
२५ आश्विन २०७९, मंगलवार १२:१२0
पेन्सन कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्दै राष्ट्र बैंक (सूचनासहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ५६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८
Read More
२५ पुष २०७८, आईतवार १४:४०0
करुणा स्वावलम्बन साकोसको १६ औँ साधारण सभा सम्पन्न, संस्थाको भवन बनाउन सहयोग गर्ने मन्त्री यादवको भनाई
जनकपुरधाम । धनुषा जिल्लाको नगराईन नगरपालिका वडा नं. ६ लगमामा रहेको करुणा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामभद्र झाको अध्यक्ष
Read More
३ कार्तिक २०७८, बुधबार १३:०६0
विराटनगर विमानस्थल डुबानमा, उडान अवरुद्ध
काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौं–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्
Read More
Comment here