मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको बर्दिवास स्थित नेपाली सेनाको मध्यपुर्वी पृतना हेडक्वाटरमा रामजानकी बाटिकाको शिलान्यास गर्नु भएको छ ।प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको उक्त बाटिकाको शिलान्यास मुख्यमन्त्री राउतले बुधवार एक कार्यक्रम बिच हिन्दु परम्परा अनुसार गर्नु भएको छ ।पृतनापति सुरेश कार्की को अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दिवास नपाका प्रमुख बिदुर कार्की, प्रदेश सरकारका प्रतिनिधिहरु , नेपाली सेनाका विभिन्न दर्जाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।बाटिकामा मिथिला संस्कृतिका लगायत नेपालको साझा संस्कृति झल्काउने रामजानकीको पुर्णकदको प्रतिमा, पृथ्वीनारायण शाहको प्रतिमा , राष्ट्रिय प्रतीक, नेपाली सेनाको लोगो, मिथिला संस्कृति झल्काउने विभिन्न सामग्रीका साथै गौरीशंकर हिमाल को प्रतीकात्मक स्वरूप निर्माण गरिने पृतना पति कार्किले जनाउनु भएको छ ।कार्यक्रममा मुख्यमन्त्री राउत्ले मधेशका जनताहरुले नेपाली सेना प्रति को अपनत्व ग्रहण गर्न नसकिरहेको अवस्थामा नेपाली सेनाले पछिल्लो समयमा मधेसी जनता सङ्ग अपनत्व बढाउने गरि कार्यहरु गर्न लागेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।कोभिड महामारी जस्तो विषम परिस्थितिमा प्रदेश जनताहरुको लागि नेपाली सेनाले प्रदेश सरकार सङ्ग्को समन्वय मा गरेको कार्यहरु प्रशन्सनिय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सराकार नेपाली सेना सङ्ग्को सहकार्यलाई सदैब निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
मुख्यमन्त्री राउतद्वारा रामजानकी बाटिकाको शिलान्यास
१७ असार २०७८, बिहीबार १२:४४0


सम्बन्धित समाचार
३ पुष २०७९, आईतवार ०८:०३0
आप्रवासन दिवसको अवसरमा दीप प्रज्जवलन
जनकपुरधाम पुुस ३ गते ।२२ औँ अन्तर्राष्ट्रीय आप्रवासन दिवसको अवसरमा शनिवार जनकपुरधामको जानकी मंदिर र दोहनामा दीप प्रज्जवलन गरिएको छ ।मित्र धनुषाका कार्यकारणी अध्यक्ष मञ्जु ठाकुरको प्रमुख आतिथ्यमा
Read More
६ पुष २०७९, बुधबार १२:११0
प्रधानमन्त्री देउवा दलको नेतामा पुन: विजयी
काठमाडौं, पुस ६ गते । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । आज बिहान भएको मतदानमा उहाँले ६४ मत प्
Read More
१९ माघ २०७८, बुधबार १२:३६0
असई थमन विक हत्या प्रकरणः जसपा सांसद यादवसहित १९ जनाको सम्पत्ति रोक्का
जनकपुरधाम । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा जसपा मधेस प्रदेशका सांसद कौशलकुमार यादवसहित १९ जनाको सम्पत्ति रोक्का गर्न जिल्ला अदालत महाेत्तरीले आदेश दिएको छ ।२०७२
Read More
Comment here