समाज

मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख इन्जिनियर भगवान झा सरकारी सेवाबाट विदा भए

मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन जनकपुरका प्रमुख इन्जिनियर भगवान झा सरकारी सेवाबाट मुक्त भएका छन् ।

झाले उमेर हदका कारण अवकाश पाएका हुन् । आफू सरकारी कर्मचारीको रुपमा ३३ वर्ष नेपाली जनताको सेवा गरेर विदा भएको उनले बताए ।

उनी पछिल्लो समय जनकपुरधामस्थित मुख्यमन्त्री स्वच्छता अभियान तथा सिंचाई डिभिजन कार्यालयको प्रमुखको रुपमा कार्यरत थिए । इन्जिनियर झाले ५८ वर्षे उमेर हदका कारण असार १७ गतेबाट अनिवार्य अवकाश पाएका हुन् ।

सरकारी सेवाबाट विदा भएको जानकारी दिँदै झाले भ्रष्टाचार नगर्ने प्रतिवद्धताका साथ आफूले सरकारी सेवामा जागिर सुरु गरेको र भ्रष्टाचार नगरेरै बिदा भएको दावी गरेका छन् ।

यसैबिच झालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार सम्मान गरेका छन् । मुख्यमन्त्री निवासमा आयोजित एक कार्यक्रमका बिच इन्जिनियर झालाई मुख्यमन्त्री राउतले सम्मान गर्दै विदाई गरेका हुन् ।

सरकारी सेवाको अवधिमा प्रदेश २ मा विशेष योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । झालाई विदाई गर्दै मुख्यमन्त्री राउतले अवकास पछि पनि समाज र जनताका लागि समर्पित हुन आग्रह गरे ।

साभार : द रियल समाचार

Comment here