काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा २८ र २९ गते हुने छ। परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुने छ।


परीक्षा दुई सिफ्टमा हुने कार्यतालिका रहेको छ। २८ गते बिहान १० बजे हुने परीक्षामा रोल नम्बर २१०८२०३२१ देखि २१०८२०६४० सम्म हुनेछ। सोही दिन दिउसो ३ बजे हुने परीक्षामा रोल नम्बर २१०८१०००१ देखि २१०८१०१९६ सम्म हुने छ।


यस्तै २९ गते बिहान १० बजे हुने परीक्षामा रोल नम्बर २१०८२०००१ देखि २१०८२०३२० र दिउसो ३ बजे हुने परीक्षामा रोल नम्बर २१०८२०६४१ देखि २१०८२०९६० सम्मको परीक्षा हुने छ। साभार : स्वास्थ्यखबर
Comment here