प्रदेश नं. २ का मेरुदण्डीय पक्षधात संघले समाजिक विकास मंत्री नवलकिसोर साहलाई बुझाएको ज्ञापन पत्रको पुणर् पाठ
(महोदय) समाजिक बिकास मंत्री ज्यू!!!!
उपरोक्त सम्वन्धमा मेरूदण्डीय पक्षाघात संघ प्रदेश २ मेरूदण्ड हाम्रो शरीरको खम्बा वा मुख्य अधार हो यो ३३ वटा हड्डी एक आपसमा मिलेर बनेको हून्छ मेरूदण्ड विनाको शरीर जग बिना को घर जस्तै हो यसलाई ढाड पनी भन्ने गरिन्छ हाम्रो मेरूदण्डको हड्डी सुषूम्ना नाडीसंग सम्बन्धित हून्छ सुषुम्ना नाडीलाई मेरूदण्डको हड्डीले संरक्षण वा जगाएर राखेको हून्छ विभिन्न घटना दुर्घटनाहरूका साथै मेरूदण्डमा टीबी ट्यूमर क्यान्सर लगायत बिभिन्न कारनले मेरूदण्डको संवेदनशील स्नायु छेदविछेद हूनु मेरूदण्ड पक्षाघात हो!!!
मेरूदण्ड पक्षाघात शरीरक समस्या मात्र नभई स्नायु सम्वन्धीत जटील प्रकृतिको अबस्था हो जब मेरूदण्ड पक्षाघात हून्छ त्यपछि चोट लागेको भाग भन्दा तलको अंगहरूमा चेतना हराउछ दिशा पिसाब समेत आफ्नो बसमा हूदैन हिडडूल गर्न पनी नसक्ने अबस्था श्रृजना हून्छ यौन स्वास्थ्यमा झनै जटिल समस्या हूने हूदा प्रजनन स्वास्थ्य वा प्रकृतिमा समेत अबरोध पैदा हून पूग्छ र अधिकांश पुरूषहरूमा प्राकृतिक रूपमा सन्तानको चाहना पूरा हून सकिदैन मेरूदण्डको चोट लागेको ठाउँदेखी तलको भागमा चेतना शून्य हूदा ओछ्याने घाउ र पिसाबको संक्रमण भई रहऩ्छ घाटीमा चोट लागेका ब्यक्तिहरूलाई चौबिसै घन्टा सहयोगीको आवश्यक पर्छ त्यसैले यस्तो जटील गम्भीर शरीरीक अबस्थाको कारण धेरै ब्यक्तिहरू डिप्रेशनको शिकार हून पुग्दछन!!!


अन्य अपाङ्गता भन्दा मेरूदण्ड पक्षाघातमा सरकारी तवरवाट सामाधान गर्न सक्ने खालका धेरै समस्याहरू भएकाले यस संस्थाको पहलमा प्रदेश नःदूई भरी छरिएर रहेका मेरूदण्ड पक्षाघात भएका ब्यक्तीहरू बीच अ‘ानलाइन मिट्टिग मर्फत बृहत छलफल गरी प्राप्त भएका सुझावहरूलाई निम्न वूदाहरूमा छलफल गरी प्रदेश दूई को समाजिक विकास मंत्रालय ज्यू समक्ष उल्लेखित मागहरू पेश गरेका छौ!!!
१) यस प्रदेश भित्र बसोबास गर्ने कमजोर आर्थिक अबस्था भएका मेरूदण्ड पक्षाघात भएका ब्यक्तीहरूको निशुल्क उपचार सर्जरी प्लास्टिक सर्जरी तथा दैनिक रूपना नभई नहूने मेडिकल जन्य सामग्री (युरिन व्याग जायलोकल जेलि सि. आई. शि. पाईप फोलिस र कण्डम क्यथेटर डाईपर स्यानेटरी प्याड पन्जा निःशुल्क प्रदान गर्ने तथा सरकाले निशुल्क रूपना उपलब्ध गराको ४७ वटा औषधिहरू कार्यान्वयनमा ल्याउने र मेरूदण्ड पक्षाघात भई अपाङ्गता भएका ब्यक्तीहरूले नियमित सेवन गर्ने औषधिहरू (युरोडिन अक्सिसपास लगायतका ट्याबलेट अनिवार्य रूपमा उपलब्ध गराउनु पर्ने!!!
२)यस प्रदेशका नगरपालिका गाउपालिका मा बसोबास गर्ने मेरूदण्डको चोटको अधारमा पक्षाघात भएका ब्यक्तीहरूलाई आवश्यकता अनुसारको सहायक सामग्री जस्तै म्यनुअल र इलेक्ट्रा‘क व्हीलचेयर बैसाखी अपयुक्त कुशन तथा अन्य आवश्यक सामग्री हरेक तीन बर्षमा वडा कार्यालय मार्फत उपलब्ध गराउनु पर्ने!!!
३) मेरूदण्ड पक्षाघात भएका ब्यक्तीहरूलाई आवासीय व्यवस्था सहित सिपमुलक तालीमको व्यवस्था गराउनु पर्ने!!!
४)नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ता अत्यन्तै कम भएकाले त्यसमा नगरपालिका तत्कालै रकम थप गर्ने नीती बनाउनु पर्ने र त्यसको कार्यान्वयन गराउनु पर्ने अथवा जिबन निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने!!!!
५) मेरूदण्डमा चोट लागेका व्यक्तिहरूलाई खेलकूदमा पहुंच विस्तार गर्ने खेलकूदका हरेक विधामा बास्केट बल पौडी टेवलटेनिस क्रिकेट तेकवाण्दो वोसिया आदी खेलहरूको प्रशिक्षण सहित प्रतिश्पर्धात्मक खेलहरू संचाल तथा अपाङ्गता खेलकूद विकासका लागी वजेट छुट्याउनु पर्ने साथै प्रदेश स्तरीय खेलकूद शाखाको आयोजनामा प्रत्येक बर्ष अपाङ्गता खेलकूद सम्वन्धीत मेयर कप टुनामेण्टके आयोजना गराउनु पर्ने!!!
६)आर्थिक अबस्था कमजोर मेरूदण्ड पक्षाघात भएका ब्यक्तीहरूले सन्तान जन्माउन चाहेमा टेष्टटयूब वेवीको लागी आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने!!!
७) यस प्रदेश भित्र रहेका विश्व सम्पदा सूचिमा सूचिकृत स्थलहरू जस्तै जानकी मंदिर राम मंदिर खेल मैदान सिनेमा हल बैंक सार्वजनिक यातायात साधनहरू पार्क सडक फूटफाट मनोरंजन स्थल सार्वजनिक भौतिक संरचना आदी अपाङ्गत मैत्री बनाउनु पर्ने!!!
८) यस प्रदेशका भित्र रहेका स्कूल कलेज होस्टल हा‘स्पिटल सरकारी तथा गैरसरकारी अ‘ाफिस एयरपोर्ट आदी पुणर् रूपमा अपाङ्गत मैत्री र पहूचयूत्त हूनु पर्ने! कारण आन्तरिक तथा बाह्रय पर्यटन विकासमा सहयोग पुग्ने छ!
अन्तमा भन्नु पर्दा मेरूदण्ड पक्षाघात एउटा गम्भीर प्रकारको शरीरिक अबस्था हो यो अबस्था पछि धेरै ब्यक्तीहरूले आफ्ना आर्थिक आय आर्जनका स्रोतहरू गूमाउनु बाध्य भएका छन एकातिर भने आर्कातिर परिवारमा थप आर्थिक भार पर्न गई पारिवारिक विखण्डनको अबस्था पनि झेल्नु पारिरहेको छ! यस्तो अवस्थामा धेरै ब्यक्तीहरूमा मनोवैज्ञानिक संकटले विभिन्न रोगहरू उत्पन्न भई आत्महत्याको तहमा पूगेको अबस्था समाजमा देखी आइरहेको छौ यसरी मेरूदण्ड पक्षाघात भएर कठिन अबस्था झेली रहेका ब्यक्तीहरूको लागी यस प्रदेशका सरकार अभिभावकीय भूमिका निर्वाह गर्न ढीला गर्नु हून्न! अपाङ्गत र अशक्त भएका ब्यक्तीहरूको लागी माथि उल्लेखित मागहरूलाई यथासक्य शीघ्र सम्वोधन गरी कल्याणकारी राज्यको अवधारणालाई मूर्तरूप दिन यस प्रदेशबाट पहल गरिनेछ भन्ने कूरामा हामी अत्यन्तै आशावादी छौ!!!
Comment here