मनोरंजनसमाज

मैथिली फिल्म संतानको ट्रेलर सार्वजनिक

जनकपुरधाम । स्थानीय कलाकारहरुको सहभागितामा निर्माण भएको मैथिली कथानक चलचित्र सन्तानको ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । एभिआई म्युजिकको व्यानरमा निर्माण भएको हास्यफिल्म सन्तानमा मिथिला क्षेत्रका चर्चित कलाकारहरु अविनास झा, अरुण विजैया, ईशिका भुजेल, गजेन्द्र गज्जु,पिपही, अशोक सिँह,बैद्यनाथ साह बाबा,कौशल्या ठाकुर, अनुभक्त चौधरी, आकाश बिक,अधिकलाल यादव, संजय लगायतका कलाकारहरुले अभिवय गरेकाछन् ।उक्त फिल्मको निर्देशन तथा सम्पादन शिब थारुले गरेका छन् भने क्यामरामा गजेन्द्र गज्जु, मेकअप कृष्ण सुवेदीले गरेका छन् । एक महिना भित्र सिनेमा हलमा लाग्ने उक्त फिल्म सन्तानका निर्माता विजय यादव तथा निर्देशक शिब थारु रहेको फिल्मका कलाकार अविनास झाले जानकारी दिए ।

Comment here