समाज

मैथिली भाषामा पठन पाठन सहितका माग राखि नगरप्रमुखलाई ज्ञापनपत्र


बटुकनाथ झा
जनकपुरधाम, १५ गते असोज
मैथिली भाषा संस्कृतिको संरक्षण तथा मातृभाषामा पठन पाठनको माग सहित लामो समय देखि क्रियाशिल रहेका मैथिली साहित्यकार सभा शनिबार विभिन्न भाग सहित जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई ज्ञापनपत्र बुझाएका छन् । सभाका सभापाल जनार्धनलाल दास उर्फ प्रेमविदेह ललनको अगुवाई मैथिली साहित्य कला, संस्कृति संग आवद्धता भएका विभिन्न संस्थाका अगुवाहरुले संयुक्त रुपमा सो ज्ञापनपत्र बुझाएका हुन। नगर प्रमुख साहलाई मैथिली भाषा, साहित्य,कला, संस्कृति संरक्षण – संवर्द्धन सम्बन्धी १५ बूँदे ज्ञापनपत्रमा आधारभूत तहमा मातृभाषा÷ स्थानीय विषयको पठनपाठन, मैथिली पढाउने पालिका शिक्षकको नियुक्ति, मातृभाषामा प्राथमिक (आधारभूत) शिक्षा, पालिका भित्र मैथिली भाषा – कामकाजी भाषा, तिरहुता लिपिक संरक्षण – प्रशिक्षण, एक करोड राशिको (भाषा, साहित्य,कलासम्बन्धी) राजर्षि जनक अक्षयकोष स्थापनाको माग गरिएको ललनले जानकारी दिनुभयो । त्यस्तै नगरका विभिन्न चोक, बाटो नामाकरण, गत वर्ष निर्मित शहीद द्वारको परिमार्जन, मिथिला आन्दोलनका शहीदहरुको स्मारक निर्माण, पसलहरुको बोर्डमा मैथिली भाषाको प्रयोग लगायतका सान्दर्भिक माग राखि ज्ञापनपत्र बुझाइएकोछ । उक्त ज्ञापनपत्रमा मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, मिथिला नाट्यकला परिषद्का अध्यक्ष परमेश्वर झा, रामानन्द युवा क्लबक अध्यक्ष मनमोहन साह, रङ्गवाटिका नेपालका अध्यक्ष उपेन्द्र भगत नागवंशी तथा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको हस्ताक्षर रहेको छ । ज्ञापनपत्र बुभ्रmदै नगरप्रमुख साहले कामकाजको भाषामा प्रदेश कानुनको आधारमा नै स्थानीय तहले नै भाषा सम्बन्धी कानुन मान्नु पर्ने बाध्यता रहेको बताउदै आफु पनि मैथिली भाषालाई कामकाजी भाषाको रुपमा मान्यता दिन प्रदेश सरकार संग माग रहेको बताउनु भयो । साथै उहाँले मैथिली भाषामा पाठ्यक्रम निर्माणका लागि स्थानीय पाठ्यक्रम निर्माणको क्रममा यी संस्थाहरुको सहयोग लिने बताउनु भयो ।

Comment here