समाज

मौसममा परिवर्तन, केही स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण मुलुकका केही स्थानमा आज (मङ्गलबार) भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्का एवं मध्यम वर्षा भइरहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भागनजिक रहेकाले मौसममा बिहानैदेखि सामान्यदेखि पूर्ण बदली भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाइएको छ । 

यसैबिच पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहने अनुमान गरिएको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 

साभार : कासी अनलाइन

Comment here