समाज

युक्रेनी राष्ट्रपतिको सन्देश- हामी आत्मसमर्पण गर्दैनौं, देश छाडेर भाग्दिन

वासीङटन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देश छोड्न अस्विकार गरेका छन् । उनले राजधानी कीएभबाट आफैँले खिचेको भिडिओ सार्वजनिक गर्दै सो बताएका हुन् ।जेलेन्स्कीले भिडिओमा बोल्दै अफवाहमा ध्यान नदिन नागरिकहरूलाई अपिल गरेका छन्। उनले आफु युक्रेन छोडेर कतै नजाने र आफ्नो सेनालाई पनि आत्मसमर्पण नगर्न आदेश दिएका छन् ।यसअघि पनि जेलेन्स्कीले राजधानी किएभबाट भिडिओ सन्देशमार्फत कीएभमै बस्ने भनेका थिए । उनले युक्रेनी नेतृत्व र संसद कीएभमा रहने घोषणा गरेका छन् ।अर्कोतर्फ भने युक्रेनको राजधानी किएभमा रुसको आक्रमण रोकिएको छैन ।अहिलेसम्म हजारौंको ज्यान गइसकेको छ भने ठूलो संख्यामा मानिसहरु भूमिगत भएर आश्रयमा डराएर बसिरहेका छन् ।यसैबीच युक्रेनका राष्ट्रपति युद्ध छाडेर देश छाडेर भागेको खबर आएकोले जेलेन्स्कीले भिडिओ सार्वजनिक गर्दै यस्तो समाचारको पछि नलाग्न आग्रह गरेका छन् । साभार : नेपाल प्रेस

Comment here