मुम्बई। बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन्। एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँदै गएको चर्चा पनि नचलेको होइन। भलै उनीहरूले सार्वजनिक रुपमा सम्बन्धको बारेमा मुख नखोले पनि सामाजिक सञ्जालमा भने खण्डन गरिरहे।तर, अहिले भने पुनः उनीहरूको सम्बन्ध बिग्रँदै गएको खबर बाहिर आएको छ। सामाजिक सञ्जालमार्फत् आफ्नो सम्बन्ध सुमधुर रहेको दाबी गर्ने यो जोडीको सामाजिक सञ्जाल गतिविधि हेर्दा फ्यान र फिल्मकर्मीले यही अनुमान लगाएका छन्।दीपिका र रणवीरको डिभोर्सको हल्ला चलिरहँदा यो जोडी कैयौं सार्वजनिक कार्यक्रममा हात समातेर उपस्थित भएका थिए। क्यामराको अगाडि उनीहरूको पोज हेर्न लायक थियो।तर, अहिले भने उनीहरुको यो सबै गतिविधि केवल मिडियाबाजी मात्र रहेको आरोप उनीहरुका फ्यानले सामाजिक सञ्जालमार्फत नै लगाउन थालेका छन्। भित्री रुपमा सम्बन्ध बिग्रिए पनि सामाजिक सञ्जाल र मिडियामाझ राम्रो देखिनका लागि मात्र सम्बन्ध सुधारेको उनीहरुको बुझाइ छ।सामाजिक सञ्जालमा सक्रिय रहने यो जोडीले पछिल्लो समयमा कमै मात्र सँगै रहेको तस्बिर राख्ने गरेका छन्। दिवालीदेखि ठूला चाडपर्वमा अधिकांश जोडीले जोडी तस्वीर राखे पनि दीपिका र रणवीरले भने एकअर्काको तस्वीर राखेका छैनन्। आफ्नो वैवाहिक वार्षिकोत्सवमा पनि यो जोडीले सामाजिक सञ्जालमा तस्वीर राखेनन्। नयाँ वर्षमा पनि उनीहरुको तस्वीर देखिएन। कतिसम्म भने दीपिका पादुकोणको जन्मदिनमा समेत रणवीरले केही पोस्ट गरेनन्।साभार : डिसी नेपाल
रणवीर र दीपिकाको सम्बन्ध संकटमा !
२२ पुष २०७९, शुक्रबार १२:०२0


सम्बन्धित समाचार
२५ कार्तिक २०७९, शुक्रबार १२:२९0
ज्याकलिन फर्नान्डिसलाई अदालतले सोध्यो, ‘करोडौँ रुपैँया कहाँ गयो ?’
एजेन्सी । मनी लन्ड्रिङ केसमा ज्याकलिन फर्नान्डिसबारे बिहिबार ठूलो निर्णय हुने बताइएको छ । भारतमा दिवाली अघि अदालतले ज्याकलिनलाई २०० करोडको ठगी आरोपमा १० नोभेम्बरसम्म समय दिएको थियो । बिहिबार दिल्लीको
Read More
१३ चैत्र २०७८, आईतवार १८:२५0
नेपाल तरुण दलको वडा कार्य समिति गठन , अध्यक्षमा मंडल
जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा नं. १५ वडा समितिले नेपाल तरुण दलको वडा कार्य समिति गठन गरेको छ । समितिको सभापतिमा श्रवण कुमार मंडल रहेका छन भने उपसभापतिमा आदित्य साह , महासचि
Read More
१६ मंसिर २०७८, बिहीबार ११:४४0
मैथिली फिल्म संतानको ट्रेलर सार्वजनिक
जनकपुरधाम । स्थानीय कलाकारहरुको सहभागितामा निर्माण भएको मैथिली कथानक चलचित्र सन्तानको ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । एभिआई म्युजिकको व्यानरमा निर्माण भएको हास्यफिल्म सन्तानमा मिथिला क्षेत्रका चर्
Read More
Comment here