समाज

रवि लामिछानेको सचिवालय संयोजकमा दीपक बोहरा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सचिवालय संयोजकमा दीपक बोहरालाई नियुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहरालाई रविले सचिवालयको नेतृत्व दिएका हुन् ।बोहरालाई रास्वपाले पार्टीको समानुपातिक सूचीमा समेत राखेको थियो । तर, लैंगिक तथा जातीय सन्तुलन मिलाउनुपर्ने भएकाले उनले त्यसमा अवसर पाएनन् ।लामिछाने सञ्चारकर्ममा हुँदादेखि नै बोहरा उनका निकट सहकर्मी थिए । उनले न्यूज २४ बाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा प्रोड्यूसरको रूपमा काम गरेका थिए ।साभार : नेपाल प्रेस

Comment here