मुम्बई । राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ गरेको छ।मंगलवार पक्राउ परेको दुर्रानीलाई धारा ५०४, ५०६, ३३२ र ४०६ को उलङघन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेशनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।राखी सावन्तले भनेकी छिन, ‘मंगलवार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरे ।’ उनले आफु माथी निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुईवटा एफआईआर पनि दर्ता गराएकी थिइन ।पति पक्राउ परे पछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन, ‘यो मान्छेसँग म बस्न सक्दिन, उनी धेरै केटीसँग अहिले पनि सुत्छन, मैले अन्तिममा पनि तनुलाई छाडेर आईज भनेको थिएँ तर उसले मानेनन, अब म डिर्भोस गर्छु ।’राखी सावन्तको बिबाह केही साता अघि मात्रै भएको थियो ।साभार : डिसी नेपाल
राखी सावन्तको पति पक्राउ, भन्छिन– म अब बस्न सक्दिन, डिर्भोस चाहान्छु
२५ माघ २०७९, बुधबार १२:२३0


सम्बन्धित समाचार
४ माघ २०७९, बुधबार १२:१७0
कर नतिरेको भन्दै अभिनेत्री ऐश्वर्या रायविरूद्ध नोटिस
एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा परेकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर नतिरेको भन्दै उनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। सिन्नर राजश्व विभागले ऐश्वर्यासँगै
Read More
३० फाल्गुन २०७९, मंगलवार १२:२६0
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ ।मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फा
Read More
१४ पुष २०७९, बिहीबार ११:५२0
मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण आज
जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित न्यौपानेले आज दिउँसो २ बजे मधेस प्रदेश प्रमुख हरिशङ्क
Read More
Comment here