समाज

राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने गठबन्धनको लक्ष्य : सहमहामन्त्री यादव

जनकपुरधाम, ३ कार्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री एवम पुर्व मन्त्री महेन्द्र यादवले नेपालको संविधानले परिकल्पना गरेअनुरुप राष्टिूयता, प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, समाजवाद, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न वर्तमान चुनावी गठबन्धन दलहरु प्रतिबद्ध रहेको कुरामा जोड दिनुभएको छ ।
बिहीवार धनुषा निर्वाचन क्षेत्र नं.४(१)को जनकपुरधाम उपमहानगरपालिकाको वडा नं १९ को बेंगामा प्रचारप्रसार तथा निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेपाली काँग्रेसबाट धनुषा निर्वाचन क्षेत्र नंं. ४(१) वाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका शेषनारायण यादवले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनमा आवद्ध दलहरूलाई मतदान गर्न अपील गर्नुभएको छ । उहाँले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताउनु भएको छ । उहाँले नेपाली काँग्रेस नेतृत्वको पाँचदलीय गठबन्धनले लोकतन्त्र र संघियता संस्थागत गर्न सक्ने भएकोले गठबन्धनको उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्नु भयो ।
नेपाली काँग्रेस जनकपुरधाम उपमहानगर–पालिकाको वडा नं १९ का सभापतिको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Comment here