समाज

राजर्षिजनक विश्वविद्यालयको परिक्षा नियन्त्रकको कार्यालयमा विद्यार्थीले गरे तोडफोड

जनकपुरधाम, फागुन १८ । जहिले पनि विवादमा रहदै आएको राजर्षि जनक विश्व विद्यालयमा अध्ययनरत केहि विद्यार्थीले बुधबार परिक्षा नियन्त्रकको कक्षमा तोडफोड गरेका छन् । अन्तिम समयमा आएर आफुहरुको परिक्षा स्थगित गरिएको भन्दै बुधबार सोहि विश्वविद्यालयमा अध्यनरत केही विद्यार्थीहरू अचानक कार्यालय भित्र प्रवेश गरि तोडफोड गरेका हुन् । सो विश्व विद्यालयका एक जना प्राध्यापकका अनुसार उनीहरुले कार्यालयभित्र रहेका फर्निचरका सरसमान, कम्प्युटर तथा विभिन्न उपकरणहरु तोडफोड गरेका छन् ।

परिक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सुचना अनुसार फाल्गुन १८ गते हुने भनिएको परिक्षा सबै विद्यार्थीहरुको आन्तरिक कागजात समयमै नबुझाइएको कारण विश्वविद्यालयद्वारा स्थगित गरिएको भन्दै अक्रोसित विद्यार्थीहरूले अचानक तोडफोडमा उत्रेको एक जना प्राध्यापकले बताउनु भयो । यता,तोडफोडमा संलग्न रहेको आंशकामा धनुषा प्रहरीले केहि विद्यार्थीहरुलाई पक्राउ समेत गरेका छन् ।

Comment here