समाज

राजर्षिजनक विश्व विद्यालयमा पेपर कन्ट्रेक्ट शिक्षक हावी

जनकपुरधाम, भदौ ११ गते ।विगत केहि वर्ष देखि संचालनमा रहेको राजर्षिजनक विश्वविद्यालयमा पढाई भन्दा बढी राजनीति भईरहेको कन्ट्रेक्ट शिक्षक संघ नामक अबैधानिक संगठनको कृयाकलापले स्पष्ट भएको छ । जनकपुरधाममा संचालनमा रहेको सो विश्वविद्यालयमा सेमेस्टर प्रणालीमा शैक्षिक कार्यक्रमहरुको पाठ्क्रमको आवश्यक्ता अनुसार केहि शिक्षकलाई ६ महिने कन्ट्रेक्टमा नियुक्ति गरि पठन पाठन जारी रहेको बेला ती कन्ट्रेक्ट पेपरको आधारमा काम गरिरहेका शिक्षकहरुले सोझै करारको न्युक्तिपत्र दिन दवाव दिन थालेका छन् । विश्वविद्यालयको एन र नियमावली बमोजिम ‘‘राजर्षि जनक विश्वविद्यालय प्राध्यापक संघ’’ गठन क्रियाशील रहेको बेला कन्ट्रेक्ट पेपरमा ६ महिने नियुक्तिपत्रले काम गरिहेका केहि शिक्षकहरुले ‘‘राजर्षि जनक विश्व विद्यालय पेपर(कोर्ष)कन्ट्राक्ट शिक्षक संघ गठन गरी पठनपठानलाई नै अवरुद्ध पार्ने गरी काम गरिरहेको प्रति ध्यानाकर्षण भएको विश्वविद्यालयका रजिस्टार महेन्द्र प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।सो विश्वविद्यालयमै जिम्मेबार पदमा रहेको केहि व्यक्तिको उक्साहटमा संघ गठन गरी विना प्रक्रिया सोझै करारमा नियुक्तिको दावाब दिईरहेको जनाइएको छ ।

Comment here