जनकपुरधाम जेठ २२ गते ।
स्थापनाकाल देखि नै विवादित हुदै आएको राजर्षिजनक विश्व विद्यालयमा पछिल्ला समयमा नियम विपरित तरिकाले केहि शिक्षकहरु पढाईरहेको पाइएको छ । विश्व विद्यालयमा स्तरमा पढाउने शिक्षकहरुको साप्ताहिक समय तालिका भन्दा धेरै बढी पाठ्यभार दिएर पठन पाठन हुदा विद्यार्थीहरुको पढाई नै प्रभावित भईरहेको विश्वविद्यालय स्रोतले जनाइएको छ । मिति २०७५ पुस ९ गतेको प्राज्ञिक परिषद स्थायी समितिको निर्णय अनुसार पुर्णकालिन शिक्षकको हकमा सप्ताहमा १२ देखि १५ घण्टी पढाउनु पर्ने स्पष्ट निर्णय भएपनि ३० घण्टी एउटा शिक्षकले पढाईरहेको अवस्था छ । बोर्डिङ स्कुल जस्तै विश्व विद्यालयमा शिक्षकबाट दैनिक रुपमा धेरै घण्ठी पढाउन लगाएको कारणले विद्यार्थीहरुको पढाई नै प्रभावित भईरहेको छ । विश्व विद्यलायमा केहि समय पहिला सम्म आंशिक शिक्षकहरुले आन्दोलित भएको भएको थियो । आफुरुलाई स्थायी गर्नु पर्ने दवाव सहित सुरु भएको आन्दोलन गछि केहि शिक्षकहरुलाई परिषदको निर्णय विपरित धेरै घण्टी दिएको छ । पेपर कन्ट्रेक्टमा कार्यरत शिक्षकहरुलाई समेत दिनको ३ घण्टी सम्म पढाउने निर्णय भएको थियो । तर, अहिले त्इसको विपरित शिक्षकबाट व्यवस्थापन पक्षले बढी घण्टी पढाउन लागेको अवस्था छ ।




Comment here