काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले पौडेललाई सर्वसम्मत ढंगबाट निर्णय गरिएको जानकारी दिए । कांग्रेसका उम्मेदवारलाई जिताउन सबैमाझ अनुरोध गरेको निर्णय गरेको महतले बताए । पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् । ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो ।साभार : नेपाल प्रेस
रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय
१३ फाल्गुन २०७९, शनिबार ११:४४0


सम्बन्धित समाचार
२५ माघ २०७८, मंगलवार ११:५६0
प्रदेश सरकार सुस्त भएको लोसपाको आरोप
धनुषा । मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदहरूले सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । सरकारले गठन गरेको समिति, आयोग, बोर्डका पदाधिकारी काम नपा
Read More
२४ चैत्र २०७८, बिहीबार १५:३३0
जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा लोसपा नेता संजय चौधरीको संभावना प्रबल
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाका मेयरका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता तथा केन्द्रिय सदस्य संजय चौधरी पनि आंकाक्षीको रुपमा प्रस्तुत भएका छन ।स्थानियतह
Read More
२० फाल्गुन २०७९, शनिबार ११:१८0
माण्डवीको चौथो मोड्युलको तालिम सम्पन्न
जनकपुरधाम २० फागुन। लैँङिगक समानता लागि काम गरिरहेको माण्डवीले शुक्रवार जलेश्वर नगरपालिकाका २३जना महिला जनप्रतिनिधिलाई चौथो मोड्युल को तालिम सम्पन्न भएको छ । ४ दिन सम्म भएको साे तालिममा सहभागी महिला
Read More
Comment here