काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन समयमै गर्न माग गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचनका लागि कानुनी समस्या भए हटाएर तत्काल गर्न सरकार र निर्वाचन आयोगलाई ध्यानकर्षण गरेको हो ।निर्वाचनका लागि संसदमा रहेका अन्य दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय गरेको प्रवक्ता प्रशकाशरण महतले बताए । उनले माघ २९ गतेभित्रै राष्ट्रपतिको चुनाव गर्नुपर्ने बताए ।उनले भने, ‘माघ २९ गतेभन्दा पनि उता लान खोजेको चर्चा सुनेका छौं । त्यसलाई हामी कुनै हालमा पनि स्वीकार्दैनौं ।’संसदमा रहेको सबै दलहरूसँग कांग्रेसका राष्ट्रपतिको निर्वाचनको लागि समर्थन माग्ने बताए ।नेता शशांक कोइरालाले पनि राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवार हुने बताए ।उनले भने, ‘कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिन्छ । त्यसबारे हामी सत्ता गठबन्धन र बाहिरका दलहरूसँग छलफल गर्छौं ।’साभार : नेपाल प्रेस
राष्ट्रपतिको निर्वाचन समयमै गर्न कांग्रेसको माग, संसदका सबै दलसँग समर्थन माग्ने
९ माघ २०७९, सोमबार १२:३९0


सम्बन्धित समाचार
२१ आश्विन २०७९, शुक्रबार १२:४०0
कांग्रेसले यो वर्ष कोजाग्रत पूर्णिमाको दिन दसैं चियापान नगर्ने
काठमाडौं । नेपाली कांग्रेसले ३६ वर्षदेखि विजया दशमीको अवसरमा गर्दै आएको चियापान कार्यक्रम यो वर्ष नगर्ने भएको छ । बीपी कोइरालाले थालेको कोजाग्रत पूर्णिमाको दिन गरिने चियापान यो वर्ष नहुने कांग्रेसले
Read More
१६ चैत्र २०७८, बुधबार १८:१७0
प्रजातन्त्र सेनानी उपाध्यायको स्मरणमा श्रद्धाञ्जली कार्यक्रम
दिपेश मल्लिक, जनकपुरधाम, १६ चैत । प्रजातन्त्र सेनानीमथुरा प्रसाद उपाध्यायको २५ औं पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजनागरि उनलाई स्मरण गरिएको छ ।नेपालीकाँग्रेस जनकपुरधाम उपमहानगरपालिका वडा
Read More
६ जेष्ठ २०७९, शुक्रबार १२:१७0
सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोसपाको विजय
महोत्तरी । जिल्लाको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।अध्यक्षमा लोसपाका विशेश्वरप्रसाद यादव ४ हजार १ सय ८ मतका साथ विजयी भ
Read More
Comment here