काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा बधाई दिँदै नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले सफल कार्यकालको शुभकामना दिनु भएको छ । नवानिर्वाचित राष्ट्रपति पौडेललाई भेट्न नेता निधि शुक्रबार साँझ उहाँकै निवास बोहोराटार पुग्नु भएको थियो । भेटमा संविधानको सफल कार्यान्वयन, राष्ट्रपतिको भूमिका, उपराष्ट्रपतिको आसन्न चुनावलगायत समसामयिक विषयमा राष्ट्रपति पौडेल र नेता निधिबीच कुराकानी भएको थियो।निधिले राष्ट्रियता, लोकतन्त्र, समाजवादको साथै संघीय गणतन्त्र र संविधानको लागि पौडेल सर्वाधिक उपयुक्त व्यक्ति भएको बताउनु भएको जानकारी निधिको निजी सचिवालयले जनाएको छ । साभार : गोरखापत्र
राष्ट्रपतिमा पौडेल सर्वाधिक उपयुक्त व्यक्ति : नेता निधि
२७ फाल्गुन २०७९, शनिबार १३:३९0


सम्बन्धित समाचार
२० माघ २०७८, बिहीबार ११:४७0
स्थानीय चुनावका लागि प्रहरीले माग्याे १४ अर्ब रकम,९९ हजार म्यादी प्रहरी चाहिने
काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने बजेट माग गरेको छ । प्रहरी प्रधानकार्यालयले आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा योजनासँगै संभावित बजेट पनि माग ग
Read More
३१ जेष्ठ २०७८, सोमबार १२:४८0
कांग्रेसका पूर्वसांसद अधिकारीको निधन
नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ
Read More
८ कार्तिक २०७८, सोमबार १२:२६0
काठमाडाैंकाे सिनामंगलबाट ११ अफगानी नागरिक पक्राउ
सिनामंगलबाट प्रहरीले ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेकाे छ ।प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट उनीहरूलाई सोमबार बिहान नियन्त्रणमा लिएकाे हाे ।उनीहरुलाई अध्यागमन विभागलाई
Read More
Comment here