काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराउने छिन् ।राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।सभामुखको चयन हुनुभन्दा अघि प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अरू सदस्यलाई शपथ खुवाउनुपर्छ । राणाले बिहीबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित सांसदलाई शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।४ मंसिरमा भएको निर्वाचनबाट २७५ सांसद निर्वाचित भएका छन् ।साभार : नेपाल प्रेस
राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने
६ पुष २०७९, बुधबार १२:२०0


सम्बन्धित समाचार
११ आश्विन २०७८, सोमबार १२:२२0
बुद्धको विमान विराटनगरमा अवतरण गर्न सकेन, काठमाडौंमा फोर्स ल्यान्डिङ
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेपछि फोर्स ल्याण्डिङ् गराइएकाे छ । जहाज विराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौं फर्काइएको हो ।त्रिभुवन विमानस्थलमा हाइ एलर्ट
Read More
२६ आश्विन २०७९, बुधबार १२:१३0
आलियाले विवाहको दुई महिनापछि त श्रीदेवीले विवाह अघि नै गरेकी थिइन् गर्भवती भएको घोषणा
एजेन्सी । साउथका पावर दम्पती भनिने नयनतारा र विग्नेश शिवन सरोगेसीको माध्यमबाट जुम्ल्याहा सन्तान (छोराहरु) का अभिभावक बनेका छन् । विग्नेशले आफ्नो सोशल मिडिया ह्यान्डलमा एक पोस्ट मार्फत् आफूहरु आमाबाबु
Read More
३० फाल्गुन २०७८, सोमबार १२:०३0
‘मेरो लागि बजेट ठूलो हो, एउटा फिल्मलाई ५० दिनभन्दा बढी समय दिन सकिँदैन ’
मुम्बई । बलिउडका सबैभन्दा व्यस्त र सफल अभिनेता हुन्, अक्षय कुमार । अक्षयले हरेक वर्ष धेरै फिल्ममा काम गर्छन् र उनका अधिकांश फिल्म हिट भएका छन् ।अक्षयले हालै एक अन्तर्वार्तामा आफ्नालागि बजेट सबैभन्दा
Read More
Comment here