जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश समितिले संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको घोर उल्लंघन गरेको भन्दै जसपा मधेस प्रदेश समितिका मुख्य सचिव दिनेशकुमार यादवले विज्ञप्तिमार्फत संघर्षको कार्यक्रम घोषणा गरेका हुन् ।असोज ६ मा बसेको जसपा मधेस प्रदेश समितिले बैठकमा भएको निर्णय अनुसार राष्ट्रपति भण्डारीविरुद्ध असोज ८ देखि १७ गतेसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम सार्वजनिक गरेको मुख्य सचिव यादवले उल्लेख गरेका छन् ।मुख्यसचिव यादवले मधेसका आठै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै असोज ८ गते नागरीक समाज, बुद्धिजीवी, पत्रकार, शिक्षक, प्राध्यापक, व्यापारी, कानून व्यवसायी, पेशाकमी तथा अन्य सरोकारवालाहरुबीच अन्तरक्रिया गर्न भनेका छन् ।यस्तै असोज ११ गते जिल्लाको सदरमुकामहरूमा भ्रातृसंगठनहरूद्वारा विरोध प्रदर्शन तथा राष्ट्रपतिको पुतला दहन गर्ने, असोज १३ गते जनप्रतिनिधिलाई विधेयक र अध्यादेशबारे जानकारी गराउने र असोज जनतालाई विधेयक र असोज १५ देखि १७ गतेसम्म सबै पालिका तथा वडास्तरीय भेला गरी राष्ट्रपतिले चालेको कदम तथा विधयेकको बारेमा जानकारी गराउने परिपत्रमा उल्लेख छ ।साभार : नेपाल प्रेस


Comment here