काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाई दिएको छ । राष्ट्रपति पौडेललले शपथ लिएर कार्यभार सम्हालेपछि ती देशका राष्ट्र प्रमुखहरुले बधाई सन्देश पठाएका हुन् ।भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले पठाएको बधाई सन्देशमा पौडेलको सक्षम मार्गदर्शनमा दुई देशको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।यस्तै, नवनिर्वाचित राष्ट्रपति पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको छ । पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाले गत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।यस्तै,नवनिर्वाचित राष्ट्रपति पौडेललाई चीनले बधाई दिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएकाेमा पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् ।साभार : स्पेसखबर
राष्ट्रपति पौडेललाई भारत, चीन र अमेरिकाकाे बधाई
३० फाल्गुन २०७९, मंगलवार ११:५५0


सम्बन्धित समाचार
१२ फाल्गुन २०७८, बिहीबार ११:५२0
युक्रेनमा रुसको आक्रमण सुरु, राजधानी किभमा क्रुज र ब्यालेस्टिक मिसाइलबाट आक्रमण
काठमाडौं। रुसले युक्रेनसँग युद्धको सुरुवात गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनको सैन्य कारवाहीको घोषणापछि युक्रेनमा कैयौं ठाउँमा विष्फोट भएका छन् । युक्रेनको राजधानी किभमा क्रुज र ब्यालेस्टिक मिसाइल
Read More
१६ मंसिर २०७८, बिहीबार ११:४४0
मैथिली फिल्म संतानको ट्रेलर सार्वजनिक
जनकपुरधाम । स्थानीय कलाकारहरुको सहभागितामा निर्माण भएको मैथिली कथानक चलचित्र सन्तानको ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । एभिआई म्युजिकको व्यानरमा निर्माण भएको हास्यफिल्म सन्तानमा मिथिला क्षेत्रका चर्
Read More
५ मंसिर २०७८, आईतवार १९:५४0
जनकपुरधाम सभापतिमा मनोज साह निर्विरोध निर्वाचित
जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। आइतबार स्थानीय गोपल धर्मशालामा जारी अधिवेशनमा नगर सभापतिमा मनोज साह निर्विरोध चयन भएका हुन्। नगरसभापतिका लागि साहक
Read More
Comment here