काठमाडौं । पूर्व राष्ट्रपति डाक्टर रामबरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै राजीनामा दिन सुझाव दिएका हुन् ।आफ्ना केही व्यक्तिगत असन्तुष्टि भए पनि संविधानको संरक्षकका रुपमा त्यसको पूर्ण पालना गर्नु राष्ट्रपतिको कर्तव्य भएको यादवको तर्क छ । यो विषय न्यायिक परीक्षणको विषय समेत बन्ने पूर्वराष्ट्रपति यादवले स्पष्ट पारे ।संसद रहेको भए यो विषय महाअभियोगको विषय बन्ने भन्दै पूर्व राष्ट्रपति यादवले अबको विकल्प भने राष्ट्रपति भण्डारीको राजीनामा भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ गरिमायम संस्थामा बसेर मनोमानी गर्न मिल्दैन अब उहाँले पद छोड्नुभयो भने सहज बाटो हुन्छ।’ साभार : कोसी अनलाइन


Comment here