दिपेश मल्लिक, जनकपुरधाम । जनकपुरधाममा राष्ट्रिय जैविक विविधता संरक्षण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । राष्ट्रिय जैविक विविधता संरक्षण योजना तयारी सम्बन्धी परामर्श गोष्ठीको आयोजना मधेश-प्रदेश सरकारले गरेको हो । उद्योग पर्यटन तथा वन मन्त्रालयका प्रदेश सचिव विशाल घिमिरेको अध्यक्षतामा आयोजित यस गोष्ठीमा जैविक विविधता संरक्षणका साथै व्यवस्थापनको अवस्था वा परिस्थितिकीय प्रणाली वा वातावरणीय सेवा वारे छलफल गरिएको छ । वन विज्ञ तथा WWF Nepal का हेम लाल आर्यालले मधेश प्रदेशमा रहेका वनजंगल तथा पानीका स्रोतहरु धर्म संस्कृतिसंग जोडिएका हुनाले विकासको नाउंमा धर्म संस्कृतीलाई समाप्त पार्ने षडयन्त्र भइरहेको बताए । उनले भने जंगलहरु विनास भएकै कारण जनावरहरु तराईतिर आउने गरेका छन् । अर्कोतिर राजनीति गर्ने नेताहरु चुरेको महत्व बुझ्न जरुरी रेहेको तथा चेतना अभावकै कारण वनस्पतीहरु लोप भईरहेका कुरा प्रष्ट पारे । समावेशी र प्रभावकारी संरक्षणका लागि महिलाको प्रतिनिधित्व पुरुष जस्तै समान सहभागिता सुनिश्चित गर्ने अभिप्राय कार्यशाला गोष्ठीको रहेकोछ । यस गोष्ठीमा सहभागि भएका विभिन्न वक्ताहरुले वन, कृषि तथा जनावरका विषय माथि प्रकाश पार्दै जंगल विनासकै कारण मानवीय अस्तित्व खतरामा रहेका वताएका छन् ।
राष्ट्रिय जैविक विविधता संरक्षण सम्बन्धी कार्यशाला गोष्ठी
३ चैत्र २०७९, शुक्रबार १६:१०0


सम्बन्धित समाचार
१२ मंसिर २०७८, आईतवार ११:५९0
जाजरकोटमा भएकाे बस दुर्घटनामा ५ जनाको मृत्यु, २७ घाइते
जाजरकाेट । भेरी नगरपालिका १३ कुदुमा आज बिहान भएकाे बस दुर्घटनामा ५ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने २७ जना घाइते भएका छन् ।बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ न
Read More
२ जेष्ठ २०७९, सोमबार १२:११0
ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी
भक्तपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी भएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटमा कांग्रेसले एमालेका उम्मेदवारलाई पराजित गरेको हो।कांग्रेसक
Read More
१३ फाल्गुन २०७९, शनिबार ११:५३0
सरकारबाट बाहिरियो राप्रपा
काठमाडौँ, फागुन १३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । आज (शनिबार) बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने
Read More
Comment here