काठमाडौं। सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ ।टोलीको सुझावका आधारमा समस्याको समाधानतर्फ लाग्ने प्रवक्ता पोखरेलको भनाइ छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राहदानी, राष्ट्रिय परिचयपत्रलगायतलाई सहज बनाउने र लाइन बस्नुपर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाउनुभएको थियो । विद्युतीय राहदानी बनाउन धेरैजसो प्रक्रिया अनलाइनबाटै गर्नुपर्छ, तर अनलाइनबाट आवेदन दिएर तोकिएको मितिमा कार्यालयमा उपस्थित हुँदा पनि नागरिकलाई रातीको १२ बजेदेखि लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ । साभार : गोरखापत्र अनलाइन
राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु
१६ पुष २०७९, शनिबार १६:५८0


सम्बन्धित समाचार
२ बैशाख २०७९, शुक्रबार ११:५२0
नयाँ वर्ष, मधेस र भ्रष्टाचार
धर्मेन्द्र झा
हिन्दु मान्यताअनुसारको पात्रोमा एउटा अर्को नयाँ वर्ष थपिएको छ । यस आधारमा बिहीबारदेखि विक्रम संवत् २०७९ प्रारम्भ भइसकेको छ । त्यसो त पात्रोको पाना पल्टिनुको मात्र कुनै अर्थ हुँदैन ।
Read More
९ माघ २०७९, सोमबार १४:०१0
साह परिवार द्वारा विद्यालयलाई जग्गा दान
जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर ११ ईनर्वा गाँउ निवासी राम एकवाल साह, राम भरत साह र बिजय शंकर साहले बुवा राम सागर साहको नाउँमा सगोलमा रहेको ५ कट्ठा जग्गा, राम देव साहले १ कट्ठा १८
Read More
४ आश्विन २०७८, सोमबार १२:४५0
कमेडी च्याम्पियन विजेता भरतमणीलाई योगेशले गरे एक लाख सहयोग
काठमाडौं । कमेडी च्याम्पियन सिजन २ का विजेता भरतमणी पौडेललाई प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।कमेडी च्याम्पियन सिजन–२ को विजेता घोषणा गरिएका
Read More
Comment here