रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटबाट खटेका गस्ती टोलीले २ करोड भन्दा बढीको अवैध सामान बरामद गरेको छ। जुन गत आर्थिक वर्षको तुलनामा दोब्बर हो । यस आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा रौतहट प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २ करोड २० लाख, १८ हजार ५५६ रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ। भारतीय बजारबाट भन्सार छलेर अवैध रूपमा तस्करहरूले भित्र्याएको किराना, कपडा, हार्डवेयर,कस्मेटिक लगायत उक्त परिमाणमा बरामद समान भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए ।गत आर्थिक वर्ष २०७८र०७९ मा रौतहट प्रहरीले मात्र २ करोड ३३ हजार ४६८ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख छ। त्यसै गरी यस आर्थिक वर्षको ६ महिनामा प्रहरीले विभिन्न स्थान बाट स्रोत नखुलेको २३ लाख २८ हजार ५०० रुपैयाँ बरामद गरेको छ। तस्करी लगायत विभिन्न गैरकानुनी काममा संलग्न ६८ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए ।गत साउन देखि पुस मसान्तसम्म जिल्ला प्रहरी तथा मातहतका प्रहरी कार्यालयहरूमा कुल ३७१ मुद्दा दर्ता भएकोमध्ये ६२ प्रतिशत अर्थात २१४ मुद्दा फर्छ्यौट भैसकेको छ। सोही अवधिमा प्रहरीले रौतहटको विभिन्न स्थानमा सामुदायिक प्रहरी साझेदारीसँग सम्बन्धित २२८ कार्यक्रम गरेको र जसबाट ८ हजार ३८५ नागरिक लाभान्वित भएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ। त्यसै गरी पूर्व पश्चिम महेन्द्र राजमार्ग तथा गौर चन्द्रनिगाहपुर सडकखण्ड लगायत विभिन्न स्थानमा प्रहरीकै सक्रियतामा ५० ठाउँमा सिसिटिभी क्यामरा जडान भएको छ, जसमा १३३ वटा फिक्स क्यामरा रहेको छ। साभार : रातोपाटी
रौतहट प्रहरीद्वारा २ करोडभन्दा बढीको अवैध सामान
१५ माघ २०७९, आईतवार १२:५७0


सम्बन्धित समाचार
१२ पुष २०७९, मंगलवार ११:५१0
अस्पतालमै शिशु छाडेर आमा फरार
सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् । अस्पतालमा सोमबार दिउँसो भर्ना हुन आएकी गर्भवती महिला छोरालाई जन्म दिएपछि फरार हुनुभएको हो । ती
Read More
११ भाद्र २०७८, शुक्रबार १६:४४0
राजर्षिजनक विश्व विद्यालयमा पेपर कन्ट्रेक्ट शिक्षक हावी
जनकपुरधाम, भदौ ११ गते ।विगत केहि वर्ष देखि संचालनमा रहेको राजर्षिजनक विश्वविद्यालयमा पढाई भन्दा बढी राजनीति भईरहेको कन्ट्रेक्ट शिक्षक संघ नामक अबैधानिक संगठनको कृयाकलापले स्पष्ट भएको छ । जनकपुरधाममा
Read More
२९ भाद्र २०७८, मंगलवार १६:०९0
१४औं महाधिवेशनमा सहभागि भइरहनु भएका आदरणीय साथीहरूलाई खुला-पत्र
प्रफुल्ल कुमार घिमिरे
महासमिति सदस्य क्षेत्र न.३, धनुषा
१४औं महाधिवेशनमा सहभागि भइरहनु भएका आदरणीय साथीहरू
जय नेपाल ।
विभिन्न उतार चढाव झेल्दै अधिवेशनका पटक पटक निर्वाचन कार्यतालिका फेरिद
Read More
Comment here