लहान । बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वीरगञ्जले लहान बजारमा गरेको अनुगमनका क्रममा नियमविपरीत पसल सञ्चालन गर्ने व्यापारीलाई कारबाही गरेको छ ।अनुगमनको क्रममा म्याद गुज्रेका सामान बेच्ने, अखाद्य वस्तु मिसावट गर्ने, दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गर्ने, मूल्यसूची नराख्ने व्यापारीलाई जरिबानासहित कारबाही गरेको विभागका सूचना अधिकारी दीलिप खत्बेले बताए ।इलाका प्रशासन कार्यलय लहान, घरेलु तथा साना उद्योग कार्यालय र स्थानीय प्रहरीसहितको सहयोगमा संयुक्तरूपमा बजार अनुगमन गरिएको थियो । सोवक्रममा लहान ८ मा रहेको माखनभोग स्वीट एन्ड नम्किन सेन्टरलाई मूल्यसूची नराखेको र गुणस्तरहीन खाना बिक्री वितरण गरेको अभियोगमा ५० हजार, लहान-१ को माँ सती अन्सुयाही किराना स्टोर्सलाई २० हजार, सरस्वती बीज भन्डार र लहान-२ मा रहेको जय महिमा सप्लायर्सलाई १५/१५ हजार, एस टी.एम फर्मा प्रालिलाई बिल बिजक जारी नगरेको आरोपमा १० हजार, नोबेल मोबाईल हाउसलाई ५ हजार रूपैयाँ जरिबाना गरिएको छ ।अनुगमन टोलीले म्याद गुज्रिएका पेय पदार्थ, अन्य खाद्य वस्तुसमेत ४० किलोभन्दा बढी बरामद गरी डिस्पोज पनि गरेको छ ।साभार : नेपाल प्रेस
लहानमा उपभोक्ता हितविपरीत पसल चलाउने व्यापारीलाई कारबाही
१९ माघ २०७९, बिहीबार ११:५६0


सम्बन्धित समाचार
२४ फाल्गुन २०७८, मंगलवार ०९:३०0
माण्डवीले राजनीतिमा महिला पहुँच बढाउन गरे अन्तरक्रिया
जनकपुरधाम २४ गते फागुन । महिला अधिकारको क्षेत्रमा काम गर्दै आएका माण्डवीले राजनीतिमा महिलाको अर्थपुर्ण सहभागीता सम्बन्धी प्रदेश नं. २ का पाँच वटा जिल्लाका विभिन्न पार्टीका प्रतिनिधि संग प्रतिबद्धता
Read More
८ मंसिर २०७९, बिहीबार १५:३२0
सप्तरी १ (क) मा एमालेका राजकुमार लेखी निर्वाचित
काठमाडौं । नेकपा (एमाले) का नेता राजकुमार लेखी सप्तरी १ (क) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँले १४ हजार २९१ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी जनमत पार्ट
Read More
१२ कार्तिक २०७८, शुक्रबार १२:०५0
नेपाल सन् २०२२ मा घुम्नैपर्ने संसारका १० उत्कृष्ट गन्तव्यको सूचीमा
काठमाडौं । प्रतिष्ठित ट्राभल म्यागजिन लोन्ली प्लानेटले नेपाललाई सन् २०२२ मा घुम्नैपर्ने दश उत्कृष्ट गन्तव्यको सूचीमा राखेको छ ।म्यागजिनले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपाल आठौं स्थानमा छ । पहिलो स
Read More
Comment here