काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी सहिद दिवस मनाइएको छ ।दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कबाट सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि सहभागी थिए ।सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौरस्थित सहिद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।वीर सहिदहरूको स्मरणमा विक्रम संवत् २०१२ देखि काठमाडौं महानगरपालिकाको संयोजनमा माघ १०-१६ गते सम्म ‘सहिद सप्ताह’ मनाउने गरिएको छ ।
























साभार : नेपाल प्रेस


Comment here