जनकपुरधाम । मधेश प्रदेशमा करार पदपूर्ति बन्द गर्नुपर्ने माग राख्दै कम्प्युटर अपरेटरका विद्यार्थीहरूले ज्ञापन पत्र बुझाएका छन् । मधेश प्रदेशमा पटक पटक करार सेवामा कर्मचारी भर्ना गरेको प्रति आपत्ति जनाउँदै करार सेवामा कर्मचारी भर्नाको विज्ञापन नखुलाई लोकसेवामार्फत विज्ञापन खुलाउन माग गर्दै कम्प्युटर अपरेटरका विद्यार्थीहरूले सोमबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । साथै करार सेवामा कर्मचारी भर्ना नगर्न माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् । प्रदेश तथा स्थानीय तह मातहतका कार्यालयहरू सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति पदपूर्ति जिम्मेवारी प्रदेश लोकसेवा आयोगको भए तापनि करारमा कर्मचारी भर्ना गर्ने गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले करार पदपूर्ति बन्द गर्नुपर्ने, मधेश प्रदेश लोकसेवा आयोग निष्क्रिय बनाउन नहुने, विज्ञापनको वार्षिक कार्यपालिका समावेश गरी सार्वजनिक गर्नुपर्नेलगायतका माग गरेका छन् । मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउँदै प्राविधिक कम्प्युटर अपरेटरतर्फको विज्ञापन खुलाउन माग गरेका छन् ।साभार : गोरखापत्र
लोकसेवामार्फत विज्ञापन खुलाउन मुख्यमन्त्रीसमक्ष ज्ञापनपत्र
२४ माघ २०७९, मंगलवार १२:०५0


सम्बन्धित समाचार
१ आश्विन २०७८, शुक्रबार १२:२५0
आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
काठमाडौं । आज आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै छ ।हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ । समुद्रमन
Read More
१६ फाल्गुन २०७९, मंगलवार ११:५९0
कांग्रेसका हेभिवेट सबै नेता मन्त्रीको दौडमा- पूर्णबहादुरलाई रोजेको, शशांकलाई खोजेको मन्त्रालय !
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चुनावअघिकै गठबन्धनमा फर्काउन सफल भएपछि नेपाली कांग्रेसले सरकारमा जाने गृहकार्य अघि बढाएको छ । एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्
Read More
२६ जेष्ठ २०७९, बिहीबार १८:२८0
नगरको अनुहार फेर्छु : नगर प्रमुख साह
जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत लोहनामा जमुनी कटहा सिचाई कृषि सडकको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले बिहीवार जमुनी
Read More
Comment here