जनकपुरधाम १३ गते जेठ । बिहेबारिका लागि सिमापारीबाट ल्याईने सामानहरुका लागि जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ ले निःशुल्क सिफारिस गर्ने निर्णयको जनकपुरधाम उद्योग वाणिज्य संघले विरोध गरेको छ । संघका अध्यक्ष जितेन्द्र कुमार महासेठ तथा सचिव फुलदेव पंडितले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा यस्तो निर्णयको विरोध गरिएको छ । सो प्रेस विज्ञप्तीमा भनिएको छ, मितिः२०७९।०२।१३ गते शुक्रवारका दिन जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ का निर्णय सार्वजनिक भएको छ । जस प्रति हाम्रो गम्भीर ध्यानार्कषण भएको छ । विवाहवारी समाग्री खरिद गर्नको निम्ती नाकापारीबाट हिजोको दिनमा पनि व्यवहारिकतामा वडाको पत्रले आउनजान गर्नमा रोकटोक नगरेको विदितै छ । त्योपनि एक किसिमले जनकपुरधामको व्यापार व्यवसायमा आर्थिक नोक्सानी हुदाहुंदै पनि व्यवहारतः मौनताकै अवस्था थियो । आज आएर त्यही व्यवहारतालाई संस्थागत रुपले सिफारिश निशुल्क दिने भन्ने निर्णय आएको देख्दा वडा नं.४ले जनकपुरधामको व्यापार व्यवसायलाई धरापमा पार्ने र राज्यको श्रोतलाई संस्थागत रुपले दुरुपयोग गर्दै यहांको व्यापारलाई अझ बोझिलो बनाउने भुमिका खेलेको स्पष्ट देखीएको छ । हेर्दा जनतालाई शुलभ गरेको जस्तो देखिए पनि यो जनकपुरधामको हकहितमा छैन यसले राजश्वको चरम दुरुपयोग गर्ने यहांको व्यापारलाई ओझेलमा पार्ने र तस्करहरुलाई प्रषय दिने बाहेक केही होइन । यस्ता निर्णयहरुले नितान्त रुपमा ठूलो चलखेलको संकेत गरेको छ यस निर्णयबाट सिमितहरुले व्यक्तिगत गलत फाईदा लिने र असंख्यक व्यापारीहरुलाई मारमा पार्ने हाम्रो ठहर छ । यस खेलमा लाग्नेहरु जनकपुरधामको व्यपारिक भविष्यलाई राज्यको राजश्वलाई व्यक्तिगतरुपमा फाईदा लिने भन्नेमा स्पष्ट छ । यस जनकपुरधाम प्रतिको घात निर्णयलाई सच्चाउनु हुन संम्बन्धीत निकायलाई जानकारीको लागि अनुरोध गर्दै नसच्चिए व्यापारि वर्गहरु अगाडि बढने समेत जानकारी गराउदछौ ।


Comment here