समाज

वाडा अध्यक्ष अर्जुन चौधरी सहित वाडा सदस्यहरुले गरे पदभार ग्रहण

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वाडा नं.११का वाडा अध्यक्ष अर्जुन चौधरी सहित वाडा सदस्यहरुले बिहिबार पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गर्नेहरुमा वाडा सदस्य बलराम प्रसाद गुप्ता,लालबाबु मण्डल ,महिला वाडा सदस्य शिला देवी साह र दलित वाडा सदस्य लक्ष्मिनियाँ देवी दास रहेका छन । पदभार ग्रहण गर्दै वाडा अध्यक्ष चौधरीले वाडा नं.११का जनतको आवश्कता अनुसारको कामलाई प्राथमिकतामा राखेर कामकाज गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा नेपाली काँग्रेसका युवा नेता प्रफुल घिमिरे सहित वाडाका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Comment here