जनकपुरधाम । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले जनप्रतिनिधिहरुलाई विकास निमार्णको सवालमा राजनीति भन्दा माथि उठेर कामकाज गर्न आग्रह गर्नु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित पदाअधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई बिहिबार सम्बोधन गर्दै उहाँले विगतमा जुन सुकै दलवाट चुनाव लडेपनि निर्वाचित भइसके पछि जनप्रतिनिधिहरुले देश र जनताको लागि काम गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले जनकपुरधाम प्राचिन मिथिलाको राजधानी समेत रहेको र राजा जनकको राज्यमा कसै सँग भेदभाव नभएको भन्दै जनकपुरधाममा बसोबास गर्ने हरेक समुदाय र जातजाती विचको समधुर सम्बन्धलाई अझ बढी सुदृढ पार्दै जनप्रतिनिधहरुले कसै सँग भेदभाव गर्न नहुने बताउनु भयो ।
जनकपुरधामलाई पर्यटकीय नगरीको रुपमा विकास गर्नका लागि कनेक्टीभिटी आवश्यक भएको भन्दै नेपालको विभिन्न धार्मिकस्थल सँग जोडनका लागि जनकपुरधाम उपमहानगरपालिकाले काम गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले कनेक्टीभिटीको लागि कुर्था जनकपुर जयनगर रेल सेवा संचालन हुनु महत्वपुर्ण भएको भन्दै जनकपुरधामको व्यापार व्यवसाय बढाउनको लागि भारतको कलकता सँग जोडनु पर्ने आवश्यकतामा जोड दिनु भयो । उहाँले मधेश र पहाड विचको सम्बन्ध राजनीतिक र साँस्कृतिक रुपमा समेत रहेको भन्दै सगरमाथा आरोहणको लागि जनकपुरधाम देखि लुक्ला सम्म हवाई सेवा संचालनका लागि पहल गर्न वर्तमान सरकार सँग आग्रह समेत गर्नु भयो । कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले जनमुखी भएर कामकाज गर्नका लागि नवनिर्वाचित पदाअधिकारीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रमको अध्यक्षता गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नव निर्वाचित नगर प्रमुख मनोज साहले नगरको फोहर व्यवस्थापन , शिक्ष र स्वास्थ्यलाई पहिलो प्राथमिकता बनाएर अगामी दिनमा नगरपालिकाले कामकाज गर्ने बताउनु भयो । नगर प्रमुख साहले नगर उप प्रमुख किशोरी साह सहित २५ वटै वाडाका वाडा अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । कार्यक्रममा जनकपुरधाम उपमहानगर पालिकाका कार्यकारी प्रमुख प्रद्युम्न उपाध्या सहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
विकास निमार्णको सवालमा राजनीति भन्दा माथि उठेर कामकाज गर्नु : काँग्रेस नेता निधि


Comment here