समाज

विदेह नगरपालिकामा वाल अधिकार समिति गठन

जनकपुरधाम, १६ गते जेठ । वालवालिकाहरुको अधिकारका लागि जिल्लाको विदेह नगरपालिकामा सोमबार एक कार्यक्रमका बिच वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको छ । सो नगरपालिकाका वडा नं. ३ का वडाध्यक्ष रामश्रेष्ठ मुखियाको अध्यक्षता तथा सामाजिक विकास र अनुसन्धान केन्द्रका अध्यक्ष अन्जु कुमारी यादवको प्रमुख आतिथ्यतामा सो समिति गठन गरिएको छ । प्लान इन्टर नेशनलको आर्थिक सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको सहजिकरण अन्तरगत संचालिक वाल संरक्षण कार्यक्रम अन्तरगत विदेह नगरपालिका वडा नं. ३ का अध्यक्ष मुखियाकै अध्यक्षतामा १५ सदस्यीय सो बाल अधिकार समिति गठन गरिएको संस्थाका सचिव सोनफी साहले जानकारी दिनुभयो । सो कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम अधिकृत अनिलकुमार साहले गर्नुभएको थियो । कार्यक्रममावडा स्तरिय बालअधिकार समितीको आवश्यक्ता र यसले गर्न सक्ने कामहरुको बारेमा कार्यक्रम अधिकृत अनिल साहले सहजिकरण गर्नुभएको ।

Comment here