समाज

विद्युतीय चुलो प्रयोग सम्बन्धी अन्तरक्रिया सम्पन्न


बटुकनाथ झा
जनकपुरधाम, १६ गते जेठ ।
मुलुक भरि खाना पकाउने एलपी ग्यासको मृल्य बृद्धि भईरहेको बेला विद्युतीय चुलो प्रयोगबाट हुने फाइदाका विषयमा एक कार्यक्रममा जोर दिइएको छ ।क्लिन कुकि एलाईन्स काठमाडौँको आयोजना तथा जानकी महिला जागरण समाज जनकपुरधामको सहआयोजनामा स्वच्छ भान्सा र पकाई सम्बन्धी उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले ग्यासको मृल्य बृद्धि भईरहेको समयमा विद्युतीयचुलोको माग बढेपनि यसको उपलब्धता माथि प्रश्न उठाएका थिए । भर्खरै सम्पन्न अगामी आर्थिक वर्ष २०८९–८० को बजेट भाषणमा एक घर एक विद्युतीय चुलो दिने सरकारको घोषणालाई चुनावी घोषणा मात्रभएको समेत वक्ताहरुले बताएका थिए । नेपालमा ६८ लाख जती परिवार रहेको ठाउँमा २ लाख मात्र विद्युतीय चुलो आयात भएको अवस्थामा तत्काल सबै नेपाली घरमा सो उपलब्धता नभएपनि विस्तारै यसको प्रयोग गर्नेहरुको संख्यामा बृद्धि हुने देखिएको छ । नेपालमा विद्युतको पुर्ती संगै विद्युतबाट संचालनमा हुने विभिन्न घरेलु उपकरणहरुको प्रयोग संग भान्सामा समेत विद्युती सामग्रीहरुको प्रयोग भईरहेको छ । धुँवाको प्रयोगबाट नेपालमा वार्षिक २८ हजार व्यक्तिको मृत्यु हुनेगरेको एक तथ्यांकमा देखाइएको छ । यस्तो अवस्थामा सुधार ल्याउनको लागि सरकार तथा निजी क्षेत्र एवम् गैर सरकारी संस्थाको तर्फबाट धूँवा मुक्त भान्छा तर्फको अभियान अगाडी बढाइएको छ ।नेपालको कुल घरधुरी मध्ये ५२.४ प्रतिसतले खाना पकाउन दाउरा नै प्रयोग गरिरहेको अवस्थामा सन् २०३० सम्म २५ प्रतिसत घरधुरीमा विद्यूतीय चुलोको प्रयोग बढाउने, वन क्षेत्रलाई ४५ प्रतिसतमा पुर्याउने र शुन्य कार्वन उत्सर्जन गर्र्ने लक्ष्यतय गरिएको छ । ग्यास चुलो, दाउरा, गुईठा लगायतका तुलनामा इन्डक्सन चुलोको प्रयोग आर्थिक, स्वास्थ्य तथा वातावरणीय दृष्टिकोणले महत्वपुर्ण हुने भएको यसको प्रयोगलाई बढावा दिन सरकारी पक्षले समेत ध्यान दिइएको अवस्था छ ।

Comment here