काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज माघ २ गते शोक बिदा दिएको थियो । साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।आइतबार बिहान १० : ३२ बजे काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।साभार : नेपाल प्रेस
विमान दुर्घटना : आज शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने
२ माघ २०७९, सोमबार ११:४५0


सम्बन्धित समाचार
१८ मंसिर २०७८, शनिबार ०९:३९0
प्रदेश २ सभापतिका लागि देउवा समूहबाट कृष्णा यादवको उम्मेदवारी घोषणा
जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरेर यादवले पार्टी सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवारी घोष
Read More
८ मंसिर २०७९, बिहीबार १२:२८0
भोजपुरमा ६४ वर्षपछि कांग्रेसको जित, प्रदेशमा विनोदले मारे बाजी
भोजपुर । भोजपुरमा नेपाली कांग्रेसले ६४ वर्षपछि जित हात पारेको छ । यहाँ २०१५ सालमा कांग्रेसले जितेयता सबै चुनावमा वामपन्थीको वर्चस्व रहँदै आएको थियो । भोजपुर प्रदेशसभा २ बाट नेपाली कांग्रेसका विनोद बा
Read More
७ श्रावण २०७९, शनिबार १७:३८0
बैँकबाट महिलाको वृद्ध भत्ता लिएर फरार भएका युवक पक्राउ
जनकपुरधाम- धनुषामा बैँकबाट महिलाको वृद्ध भत्ता लिएर फरार भएका युवक पक्राउ परेका छन् ।बिहिवार दिउँसो करिब डेढ बजेको समयमा बैँकबाट वृद्ध भत्ता लिएर फरार भएका एक युवकलाई राति ११ बजे नियन्त्रणमा लिइएको छ
Read More
Comment here