एजेन्सी । बलिउडमा अहिले विवाहको सिलसिला चलिरहेको छ । अभिनेत्री ऋचा चड्ढा र अली फजलले हालै विवाह गरे, भने सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको समेत विवाहको चर्चा छ ।अहिले भने अभिनेत्री रकुल प्रीत सिंह र ज्याकी भगनानीको विवाहको खबर बाहिर आएको छ । दुवै सन् २०२३ सम्म विवाह गर्न सक्ने रकुलका भाइ अमनले सार्वजनिक गरेका हुन् ।रकुल र ज्याकी पछिल्लो समय एकअर्काेसँग देखिँदै आएका छन् । उनीहरूको विवाहको खबर सामाजिक सञ्जालमा सुनिन थालेको थियो । यी दुईले आफ्नो सम्बन्धलाई नयाँ नाम कहिले दिने भन्ने फ्यानहरूमा उत्सुकता थियो । विवाहको चर्चाले बजार तातेपछि अभिनेत्रीका भाइले मुख खोलका हुन् ।रकुलका भाइ अमनका अनुसार रकुलले ज्याकीसँग केही प्रोजेक्टमा काम गरेकी छन् । दुवै एकअर्कालाई मनपराउँछन् । विवाह गर्न चाहन्छन् । बिहेको मिति भने तय हुन बाँकी छ । ज्याकीसँग अहिले ठुला प्रोजेक्ट व्यस्त छन् । रकुल पनि अभिनयमा व्यस्त नै छिन् । त्यसैले दुवैले राम्ररी सोचेर विवाहको निर्णय लिने बताइएको छ ।-अमर उज्याला
विवाह गर्दै रकुल प्रीत र ज्याकी
२८ आश्विन २०७९, शुक्रबार १२:१८0


सम्बन्धित समाचार
२६ माघ २०७९, बिहीबार १२:३०0
खेतमा दिशा गरेको निहुँमा झडप हुँदा एकको मृत्यु, तीन पक्राउ
रौतहट। जिल्लाको मौलापुर नगरपालिका ९ सोनरनियामा खेतमा दिशा गरेको निहुमा झड़प हुँदा एक महिला को मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय पनिलाल यादवकी श्रीमती ४० वर्षीया सुगन्धी देवी रहेको ईलाका प्रहरी
Read More
१७ जेष्ठ २०८०, बुधबार ११:५३0
राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले रातोपाटीलाई बताए ।
Read More
७ माघ २०७९, शनिबार १३:३१0
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित
काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित भएका छन्।काठमाडौंमा शुक्रबार भएको निर्वाचनमा भण्डारी १९९ मतसहित निर्वाचित भए। अध्यक्षका प्रत्
Read More
Comment here