समाज

विवाह पञ्चमी अगावै जनकपुर-जयनगर रेल सञ्चालन गर्न माग

जनकपुरधाम ।विवाह पञ्चमी अगावै जनकपुर– जयनगर रेल सञ्चालन गर्नुपर्ने माग राखेर जनकपुरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता कार्यकर्ताहरुले बुधवार प्रदर्शन गरेका छन् ।प्रदर्शनमा सहभागी लोसपाका कार्यकर्ताहरुले विवाह पञ्चमीभन्दा अगाडी नै रेल सञ्चालन गर, गठबन्धनको सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । उनीहरुले जनकपुरको विभिन्न भागमा परिक्रमा गर्दै रेल सञ्चालनमा सरकारले चासो नदेखाए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।विगत १ वर्ष बढीदेखि नेपाल सरकारले भारतसँग खरिद गरेको रेल इनर्वा स्टेशनमा थन्किएको छ । रेल ल्याउँदा खुसी भएकाहरु अहिले निरास बनेका छन् । पटक पटक भौतिक पूर्वार विकास मन्त्री फेरिए, रेल्वेका महानिर्देशक फेरिए तर रेल भने कहिलेदेखि चल्ने टुङ्गो छैन ।रेल चलाउनका लागि कानून र बजेट अभाव रहेको बताइएको छ । सरकार कानून बनाउन चासो देखाएका छैन । कानून निर्माण भएपनि रेल चलाउन महिनौं लाग्छ किनकी अहिलेसम्म कर्मचारी समेत नियुक्त गरिएको छैन ।साभार : टुडेएनपी

Comment here