बलिउड नायिका दिशा पटानी आज आफ्नो २९ औं जन्मदिन मनाउँदैछिन् । उत्तरप्रदेशको बरेलीमा जन्मिएकी दिशा पढाइमा निकै नै सिपालु थिइन् । उनी आफ्नो पढाइलाई अगाडि बढाउँदै गर्दा बैज्ञानिक बन्ने सपना देख्थिन् । सन् २०११ म लखनउमा एमिटी यूनिभर्सिटीमा बायोटेकको पढाई सुरु गरेपछि उनले मोडलिङ यात्रालाई पनि अगाडि बढाएकी थिइन् ।कलेजको बिदाई पार्टीमा दिशालाई ‘मिस कलेज’ चयन गरिएको थियो । यसपछि उनले ‘मिस लखनउ’मा भाग लिइन् । यो प्रतिस्पर्धा जितेपछि दिशाको रंगिन दुनियाँको यात्रा सुरु भएको हो ।मोडलिङको यात्रा अगाडि बढाउँदै गर्दा दिशालाई नायिका बन्ने सोच आएको थियो । दिशाले तेलुगु चलचित्र ‘लोफर’बाट करिअरमा डेब्यू गरेकी हुन् । हिन्दी चलचित्रमा भने दिशाले सन् २०१६ मा रिलिज भएको ‘एमएस धोनी’बाट करिअर सुरु गरेकी हुन् ।दिशा पटानीको यो बर्ष मात्र चलचित्र ‘राधे’ रिलिज भएको थियो । यो चलचित्रमा उनको भूमिकालाई दर्शकले रुचाए । दिशाको बोल्ड अवतार पनि दर्शकको मनमा स्थान बनाएको छ ।बलिउड नायक टाइगर श्राफसँग दिशाको प्रेम चर्चा चलिरहेको हुन्छ । तर, यी दुइले प्रेम स्विकार भने गरेका छैनन् । दिशाले अभिनय गरेको चलचित्र ‘बागी २’ पनि सुपरहिट भएको थियो ।
वैज्ञानिक बन्ने सपना बोकेकी दिशा कसरी बनिन् नायिका ?
३१ जेष्ठ २०७८, सोमबार १६:४१0


सम्बन्धित समाचार
२२ पुष २०७९, शुक्रबार १२:०२0
रणवीर र दीपिकाको सम्बन्ध संकटमा !
मुम्बई। बलिउडमा अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको जोडी फ्यान तथा फिल्मकर्मीमाझ रुचाइएको जोडीमा पर्दछन्। एक दशकदेखिको प्रेमलाई विवाहमा पूर्णता दिएका यो जोडीको पछिल्लो समय सम्बन्ध बिग्रँद
Read More
१९ पुष २०७८, सोमबार ११:४४0
‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित
काठमाडौं । बहुप्रतिक्षित प्यान इन्डियन फिल्म ‘आरआरआर’को प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित गरिएको छ ।भारतमा बढ्दो कोरोना संक्रमणका कारण फिल्मको प्रदर्शन मिति स्थगित गरिएको निर्माण पक्षले एक ट्व
Read More
६ कार्तिक २०७७, बिहीबार १३:५३0
कंगना रनोटलाई एक वकिलले सोशल मिडियामा दिए बलात्कारको धम्की
बलिउड नायिका कंगना रनौतलाई एक वकिलले सोसल मिडियामा बलात्कारको धम्की दिएका छन् । यो धम्की कंगनाको त्यो पोस्टमा आएको छ जमा उनले नवरात्रि र ब्रतको कुरा गरेकी थिइन् । यद्यपि, जब घटना गर्मायो तब वकिलले मा
Read More
Comment here