समाज

व्यवसायी माथि अनावश्यक प्रहरीको दवाव बन्द गर्न सिडिओ मार्फत प्रधानमन्त्रीलाई व्यापार संघले दिए ज्ञापनपत्र

संजय झा, ७ गते असार । व्यवासायीले राजश्व तिरेर जिल्लाको ग्रामिण क्षेत्रमा व्यवसाय संचालन गरेपनि सामानहरु प्रहरीले बरामद गरिरहेको भन्दै जनकपुरधाम उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । प्रदेश २ का जिल्लाहरु भारत संग जोडिएको कारण दशगज्जा क्षेत्र देखि पाँच सय मिटरको दुरीमा गोदाम राख्न पाउने नितिगत व्यवस्था भएपनि सक्कली विल भर्पाई भएको व्यापारीको सामान पनि प्रहरीले बरामद गरी भन्सार बुझाने गरेको यसको विरुद्धमा धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाइएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो जनकपुरधाम प्रमुख व्यापारिक केन्द्र भएको कारणले ग्रामिण क्षेत्रमा रहेको बजारमा प्यान, भ्याट र गोदामको स्विकृत दिएपनि प्रशासनले बाटैबाट नियन्त्रणमा लिने र दशगज्जा क्षेत्रबाट बरामद गरेको भन्दै कारबाही प्रक्रियामा लग्ने गतिबिधि विरुद्ध ज्ञापनपत्र बुझाएको बताउनु भयो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलालाई संघका निवर्तमान अध्यक्ष सहित कार्यसमितिका पदाधिकारीहरुले बुझाएको उक्त ज्ञापनपत्रमा रहेको मागहरुमा देशलाई राजश्व तिरी ढुवानी गरिरहेको कुनै पनि सामान र सवारी साधन विलमा लेखिएको ठेगाना र गोदाममा नपुग्दै नगर्ने,भी.सी.टि.एस. विल, भ्याट वा प्यान बिल रहेको सामानहरु प्रहरीले बरामद नगर्ने,सो विल भएका सामानहरु र सवारी साधन सम्बन्धीत भन्सार कार्यालयले लिलाम गर्ने,झुठा मुद्दा चलाउने काम बन्द गर्ने, सामान फेला परे उद्योग वाणिज्य संघको पदाधिकारीको रोहवरमा राखि मुचुल्का उठाउने प्रावधान राखि कार्यान्वयन गर्ने लगायतका माग राखि ज्ञापनपत्र बुझाइएको छ ।

Comment here